• ट्रेण्डिङ्ग :
हेलिकप्टर सेवालाई प्रभावकारी बनाइने

हेलिकप्टर सेवालाई प्रभावकारी बनाइने


  • 3.5K
    SHARES
    • चैत्र ३०, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.4K Views

    हेलिकप्टर सेवालाई प्रभावकारी बनाइने

    काठमाडौँ, ३० चैत । निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयर लिमिटेडले उडान सेवालाई थप सुरक्षित र भरपर्दो बनाउने जनाएको छ । 

    images

     स्थापनाको २३ वर्षको अवसरमा आज आयोजित कार्यक्रममा सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सुरक्षित एवं अत्याधुनिक हेलिकप्टर सेवा प्रदान गर्न कम्पनी निरन्तर प्रयत्नरत रहेको बताउनुभयो । नेपालको भौगोलिक अवस्थाका कारण हेलिकप्टर सेवा अति आवश्यक यातायातको साधन बन्न पुगेको भन्दै उहाँले यो सेवालाई समय सापेक्ष गुणस्तररीय र सर्वसुलभ बनाउन कम्पनीले पहल गर्ने बताउनुभयो । 

     क्याप्टेन थापाले भन्नुभयो, “सुरक्षित र व्यवस्थित हेलिकप्टर सेवाका लागि सिम्रिकले पहलकदमी लिँदै आएको छ, विभिन्न चुनौति रहे पनि आगामी दिनमा सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन लागिपछौँँ ।”

         महँगो भए पनि आपतकालीन उडान, उद्धार उडान, अत्यावश्यक सामग्री ढुवानीका लागि हेलिकप्टर सेवा निकै प्रभावकारी मानिन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हाल १२ हेलिकप्टर कम्पनीका करिब ४० हेलिकप्टरमध्ये ३५ भन्दा बढी हेलिकप्टर सञ्चालनमा छन् ।

         हेलिकप्टर कम्पनीले चाटर्ड उडान, कार्गो उडान, उद्धार उडान मार्फत सेवा प्रदान गर्दै आइरहेका छन् । आन्तरिक द्वन्द्वका क्रममा घाइतेको उद्धार उडान, गर्नेदेखि ग्रामीण भेगमा खाद्यान्न ढुवानी गर्ने, प्रकोपका समयमा प्रकोप नियन्त्रण र क्षती रोकथाम गर्ने कार्यदेखि बिरामीको उपचार हेलिकप्टर कम्पनीको विशेष भूमिका रहेको छ । एमआई १७ हेलिकोप्टरबाट सेवा सुरु गरेको सिम्रिक एयरले सन् २०१२ मा नेपालमै पहिलो पटक AS#%) B3E हेलिकप्टर भित्र्याएको थियो । ‘लङ्ग लाइन रेस्क्यु’ लगायतका टेक्निकल उद्धार गरी सयौँ व्यक्तिको ज्यान जोगाउन सफल भएको कम्पनीले जनाएको छ ।

         नेपालमै पहिलो पटक ‘फायर फाईटिङ इक्युपमेन्ट’ मा लगानी गरेको कम्पनीले पछिल्लो डडेलो नियन्त्रणमा भूमिका खेलिरहेको छ । हाल कम्पनीले ‘एरियल कन्ट्रक्सन सपोर्ट’ को प्रविधि प्रयोगमा ल्याएको जनाएको छ । यस्तै कम्पनीले पहिलोपटक ‘हेलिपोर्ट’ स्थापना गर्ने लक्ष्य लिएको छ । हेलिपोर्ट निर्माणका लागि भौतिक काम पनि गाडी बढी सकेको जनाएको छ । उद्धार, प्रकोप, क्षति न्यूनीकरणका साथसाथै हेलिकप्टर सञ्चालनले नेपाली पर्यटन विकासमा टेवा पुगेको छ ।


    तेस्रो आँखा