• ट्रेण्डिङ्ग :
नेजा स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान

नेजा स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान


  • 6.1K
    SHARES
    • बैशाख ७, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 9.3K Views

    नेजा स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान

    तेस्रो आँखा, सानफ्रान्सिस्को ( क्यालिफोर्निया )  नेपाल अमेरिका पत्रकार संघले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ । यसै क्रममा संघसम्बद्व पत्रकारहरुले अप्रिल १३, शनिबार सानफ्रान्सिस्कोमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरी स्थापना दिवस मनाएका छन् । नेपाली नयाँ वर्षको शुभारम्भको अवसर पारेर नेजा स्थापना दिवस एवं नयाँ वर्षको शुभकामना आदान-प्रदानसमेत गरिएको थियो ।

    images
    s2.jpg

    सो अवसरमा संघका अध्यक्ष तथा तेस्रो आँखाका सल्हाकार सम्पादक सुरज भण्डारीले संघले गरिरहेको गतिविधि र भावी कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । संघका कार्यसमिति सदस्य ईश्वरी न्यौपानेले सहजीकरण गरेको कार्यक्रममा संघका सल्लाहकार सरोज काफ्ले, क्षेत्रीय संयोजक (पश्चिम) रोशन अधिकारी, पूर्वक्षेत्रीय संयोजक (पश्चिम)हरु शिव नेपाल, ध्रुव कुँवर, पूर्वकार्यसमिति सदस्य सन्दीपबाबु चौधरी, सदस्यहरु सुदर्शन नेपाल, बबिता खनाल, जीवन्त वाग्ले, उत्तम धमला, दीक्षा बस्नेत, दीपक दाहालको सहभागिता रहेको थियो । यसैगरी, कार्यक्रममा गैरआवासी नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका बोर्ड अफ डाइरेक्टर नवराज न्यौपाने, क्षेत्रीय संयोजक महेन्द्र बस्नेत, रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गर्भनर हिमाल गैरे, नेपाली समाज टेक्ससका सचिव पुण्य पाण्डेको समेत सहभागिता रहेको थियो ।

    s3.jpg

    परेडमा नेजाको सहभागिता
    नेपाली नयाँ वर्षको अवसर पारेर क्यालिफोर्नियाको सानफ्रान्सिस्को सहरमा अप्रिल १४ मा भएको नेपाल डे परेडमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) को समेत सहभागिता रहेको थियो । एनआरएनए, क्यालिफोर्निया च्याप्टर, वेस्ट रिजन र जनजाति महासंघ, क्यालिफोर्निया तथा सानफ्रान्सिस्को वरपर सक्रिय संघ-संस्थाहरुको आयोजना एवं अन्य विभिन्न संघ-संस्थाहरुको सहभागितामा परेड सम्पन्न भएको थियो ।

    s4.jpg

     


    तेस्रो आँखा