• ट्रेण्डिङ्ग :
डढेलो निभाउँदा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

डढेलो निभाउँदा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग


  • 3.9K
    SHARES
    • बैशाख १९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.0K Views

    डढेलो निभाउँदा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

    गोदावरी (ललितपुर), १९ वैशाख । गोदावरी नगरपालिकाले डढेलो निभाउने क्रममा निधन भएकाको परिवारलाई जनही नगद रु पाँच लाख आर्थिक सहयोग गर्ने भएको छ । डढेलो निभाउने क्रममा गोदावरी –४ बडीखेलका शङ्कर पहरी र रमेश पहरीको अकालमा निधन भएको थियो । गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बुधबार बसेको नगरकार्यपालिका बैठकले डढेलो निभाउने क्रममा निधन भएकाको परिवारलाई जनही नगद रु पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । गोदावरी–३ स्थित नौधारा उपभोक्ता समितिका अध्यक्ष मदन पन्थले डढेलो १२ वर्षपछि यस क्षेत्रमा लागेको जानकारी दिनुभयो । 

    images


    तेस्रो आँखा