काठमाडौँ, कात्तिक २३ ।
नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सुदुरपश्चिम बैठक प्रति आपत्ति जनाएका छन् । एमालेको सुदुर पश्चिम प्रदेशको बैठक मंगलबार बोलाईएको छ । रावलले यो बैठकलाई १० बुँदे सहमती र यसको कार्यान्वयनका लागि जारी गरिएको अन्तरपार्टी निर्देशन बिपरित भनेका छन् । ट्विट गर्दै रावलले झापामा लागु हुने अन्तरपार्टी निर्देशन सुदुरपश्चिममा किन नहुने ? भन्दै प्रश्न गरेका छन् । सुदुर पश्चिमको ईन्चार्जमा रावललाई हटाएर माओबादीबाट आएका लेकराज भट्टलाई एमालेले प्रदेश ईन्चार्ज तोकेको छ । रावलले एमालेको यो निर्णयको बिरोध गर्दै आएका छन् ।
