• ट्रेण्डिङ्ग :
जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक

जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक


  • 5.2K
    SHARES
    • बैशाख २३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 8.1K Views

    जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक

    काठमाडौँ, २३ वैशाख : नेपालको एकदिने भ्रमणमा आउनुभएका जापानी परराष्ट्रमन्त्री खामिखावा योको आज जमलस्थित मण्डला बुक प्वाइन्टमा जानुभई पुस्तक खरिद गर्नुभयो । 

    images

     उहाँको पहिलो रोजाइमा बालबालिकासम्बन्धी पुस्तक परेको थियो । खासगरी नेपाली लेखककै पुस्तक उहाँ किन्न चाहुनुभएको थियो । ‘गाई जात्रा’, ‘भतिजीहरु’, ‘बिस्केट जात्रा’, ‘विख्यात’, ‘घरपालुवा बिरालो’, ‘सेभेन फिस इनसाइड’, ‘जमन गुवाजु’ नामक बालबालिकासम्बन्धी चित्र पुस्तक जापानी परराष्ट्रमन्त्री योकोले खरिद गर्नुभएको मण्डला बुक प्वाइन्टका प्रमुख माधवलाल महर्जनले जानकारी दिनुभयो । जापानी परराष्ट्रमन्त्री योकाको रोजाइमा नेपाल पिक्चर लाइब्रेस पुस्तक ‘सार्वजनिक जीवनमा महिला’ नामक तस्बिर पुस्तक पनि परेको छ । 

     त्यस्तै, उहाँले महिला सशक्तीकरण, भू–राजनीति, नेपालको ‘ल्यान्डस्केप’सम्बन्धी पुस्तक खरिद गर्नुभएको थियो । पाँच मिनेट मात्रै मण्डलामा आएर उहाँले प्रत्यक्ष पुस्तक हेरी खरिद गर्नुभएको हो । मण्डला बुक प्वाइन्टका प्रमुख महर्जनले जापानी मन्त्री योकोलाई स्वागत गर्दै पुस्तकबारे सङ्क्षिप्त जानकारी दिनुभएको थियो । “मन्त्रीज्यूको अवलोकनले गर्दा नेपाली पाठक, शिक्षक, विद्यार्थी पुस्तक पढ्ने संस्कृतिप्रति प्रेरणा मिल्छ”, उहाँले भन्नुभयो, “यसभन्दा अघि पाकिस्तानका तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोले समेत मण्डलामा भ्रमण गुर्नभएको थियो ।” उहाँले मन्त्रीलाई मण्डलाबाट केही पुस्तक उपहार दिनुभएको थियो । 


    तेस्रो आँखा