एका बिहानै आँखा खुल्ने बितिकै फेसबुक खोलेँ अनि मोबाइलको स्क्रोल तल सार्दै समाचार हेर्दै जन्म दिन परेकालाई अटो कमेन्टमा ह्याप्पी बर्थडे का स्टिकर पठाउन थालेँ। त्यतिकैमा नोटिफिकेसनमा रातो बल्यो हत्त न पत्त खोलिहेरे छुच्ची केटीको फ्रेण्ड रिकाेइस्ट आएको रैछ। पक्कै पनि कुनै केटा साथीले मुर्गा बनाएको हुनुपर्छ भन्ने लाग्यो।
सुरूमा त इग्नाेर गर्न खोजेँ। तर पछि सोचेँ था नपाउने पो मुर्गा हुन्छन् थाहा पाएर नि के को मुर्गा अब पर्छ योसँग मेरो जुहारी रिकाेइस्ट एक्सेप्ट गरेँ। उताबाट गुड मर्निङ थ्यांक्स फर एक्सेप्ट माइ फ्रेन्ड रिक्वइस्ट भन्ने एसएमएस आइहाल्यो हेर मुर्गा चम्केको मैले पनि यताबाट लेखेँ किन थ्यांक्स भन्नू पर्यो तिम्ले फ्रेन्ड रिक्वाइस्ट पठाउनुको मतलब एक्सेप्ट गरोस भनेर होइन र ?
उस्ले भनी त्यही पनि तपाई जस्तै वाैद्धिक व्यक्तिले म जस्ति छुच्चीलाई साथीको स्थान दिनुहुन्छ भन्ने सोचेकै थिइन्। कुरा गर्दा गर्दै कुनै मुर्गाले फसाएको भान हुन छाडिसकेको थियो। यता भने डिउटी जान अबेर भएको पत्तै पाइएन त्यो दिन पासपोर्ट साइजको टाउको मात्रै नुहाएर कुदेँ काम तिर दिउँसो कामबाटै कहिले सुपरभाइजर आँखा छल्दै त कहिले ट्वाइलेटको बाहानामा बेला बेला डाटा अन गरेँ तर छुच्ची केटी भूमिगत नै थिइ। साँझ रुम फर्केर कालो कफीसँग दुई स्लाइस ब्रेट टोक्दै अनलाइन आएँ अनि सोच्दै गएँ कहाँ गै होला छुच्ची ? अफलाइन नै एसएमएस छोड्नै आटेको थिएँ । हरियो बत्ती बालेर आइहाली छुच्ची
-के हो महासय खाना पिना भो ?
-रिप्लाइमा खाना बाँकी नै छ । पिना चाहिँ हुदैछ । मेरो डबल मिनिङवाला रिप्लाइ बुझिन क्या हो
-उस्ले सोधि मतलब ??
-खाना पकाउन् बाँकी नै छ कफी पिउँदै छु । हाहा... च्याटको हासोको इमोजी थपेर पठाएँ।
-अनि तिम्ले खायौ मैले प्रतिप्रश्न राखेर सम्वादलाई अगाडि बढाउने कोसिस गरेँ ।
-छैन ?
-किन नी ?
-त्यसै
-त्यसै पनि हुन्छ र की ब्याईफ्रेन्डको यादले
-छैन मेरो ब्याईफ्रेन्ड स्वाइ.. फ्रेन उस्को खरो जवाफ
-म अलि नरम भएर सोधे उसो भा सन्चो छैन होला है ?
- होइन ।
- अनि के हो त आज व्रत हो र !
- होइन
-अनि किन त मैले माया भरिएको शब्दमा प्रश्न गरे
-अघि भर्खरै नास्ता खाको हो के ? उस्को जवाफ आयो
- य म त डराएको
- लौ किन ?
- केही भयो कि भनेर
- उस्ले च्याट वाला हासो पठाई हिहि...
च्याटमा भुलिँदा भुलिँदै ११ बजेको पत्तो भएन बिहान ५ बजे मर्निङ वाक पनि जानुपर्छ मैले मन नलगाई नलगाई आजलाई गुड नाइट भन्ने निधो गरेँ र सोधेँ तिमी कति बजे सुत्छेउ ? म तपाईबाट तिमीमा झरिसकेको थिए । उ भने अझै तपाईं मै थिइ ।
- एक्छिनमा तपाईंलाई निन्द्रा लाग्या भए सुत्नु उस्को रिप्लाई आयो।
- हवस् सुभ रात्रि मैले रिप्लाई गरेँ
- गुड नाईट सि यु टुमरो उस्को रिप्लाई
मोबाइल को डाटा अफ गरेर मोबाइललाई चार्जमा घुसारेर कल्पना रुपी संसारमा डुब्दै निदाएछु।
बिहान् ५ बजे मोबाइलको अलारामसँगै आँखा खुल्यो अनि सधैँ झै निक्लिए मर्निङ वाकमा
हातमा मोबाईल कानमा एयर फाेन अनि एयर फाेनभित्र उर्जासिल अङ्ग्रेजी संगीतको साथमा मेरा पैतालाले फराकिला- फराकिला कदम चालिरहेका थिएँ । सास हल्का फुलेको थ्यो आर्टिफिसियलबाट सुरु भएको मेरो रनिङ टाेन टि जेटि पुगेर मोडिदै स्वइमिङ पाेट नजिक बनाएको हेलिप्याडको चौरमा रोकिन्छ त्यहाँ पहिले देखि नै १०/१२ जना कोही सेट अप त कोही पुस अप अनि कोही डोरी खेलिरहेका थिए । भने २/४ वटा प्रेम जोडी समुन्द्र पट्टि फर्किएर आफ्नै दुनियाँमा रमाउदै थिए ।
मैले १५मिनेटको कसरत र १० मिनेटको मेडिटेसन पछि शिव भत्ती गित सुन्दै गुनगुनाउदै रुम तिर फर्किएँ ।
नुहाएर ब्रेक फास्टको लागि ससेस र अन्डा बनाउने निर्णय गरेँ र साथमा दुई स्लाईस ब्रेड र कालो कफि नास्ता तयार भए सङ्गै एउटा फाेटाे खिचेर फेस्बुक स्टाेरीमा राख्दै गरिबको नास्ता लेखेर हासेको स्टिकर टाँसिदिएँ ।
फाेटाे स्टाेरीमा राखेको १ मिनेट नबित्दै स्टाेरीमा थम को रियाक्स्ट सङ्गै इनबक्समा खदङ्र एसएमएस आयो खाना बनायर स्टाेरीमा होईन मुखमा हाल्नु पर्छ महासय
तेहि छुच्ची केटिको एसएमएस रहेछ नाम जस्तै छुच्ची पो रै'छे मोरी
-के भहो त मेरो रुखो जवाफ
-सेलाउला कि भनेर उस्को मिठासपुर्ण रिप्लाईले म अक्क न बक्क भएँ
-कति बेला उठेको मैले सोधेँ
-बिहान् ५ बजे
-किन यति छिटो
-तेतिकै उस्को छोटो जवाफ
-पुनः उस्ले सोधी अनि तपाई कति बजे उठ्नु भएको ?
-५ बजे
-किन यति छिटो उस्ले मेरै शब्द मलाई नै प्रहार गरी
-मर्निङ वाक जान
-कति किलोमिटर दौडनु हुन्छ ?
-आर्टिफेसलबाट टि जेटि आफै हिसाब् गरन मेरो रुखो उत्तर
-अनि हेलिप्याडमा कति बेर कसरत र ध्यान गर्नु हुन्छ ?
-तिम्लाई कसरी था भो ?
-जसरी भयनी किन चाईयो ?
मनमनै सोचेँ कोही चिनेकै हुनुपर्छ तर यो माल्दिभमा मलाई चिन्ने को नै छ र ?
-तिमी पनि आउछेउ र तेता मर्निङ वाकमा मैले सोधेँ
-नाई उस्ले छोटो रिप्लाई दिदै बाई म फ्रेस भयर अफिसको तयारी गर्छु भन्दै अफलाईन भै
यता मलाई भने त्यो दिनभरी नै उस्को कुराले सताई रह्यो
बेलुका रुम फर्किदा पनि मन मनै बिहान कै कुरा मनमा खेलाउँदै फर्किएँ।
कपडा ह्याङरमा झुन्डाएर सेतो टाबेल बेरेर छिरे बाथरुम अनि सर्बनाङ्गो भयर १५ मिनेट लगायर सावर लियसी दिन भरीको
कामको प्रेसरले भारी भएको टाउको हलुका भो तर मनमा खुल्दुली भने यथावत नै थ्यो को होला त्यो मान्छे ??
बेलुका डिनरमा चिकन खाने मनसायले फृजमा कटकटियर आईस भै बसेको चिकेनलाई पानीमा भिजाएँ अनि राईस कुकुरमा २ गिलास भात बसालेर म पुनः मोबाईल मा झुन्डिन थालेँ । फेस्बुक अन गरे इनबक्स मा केटाहरूले पठायको अस्लिल कान्डको लिन्क बाहेक कसैको एसएमएस थिएन। उता नोटिफिकेसन भने रातो १५ देखायो सर्सर्ति हेरेँ धेरै जसो ट्याग गरेका नाेटिफिकेसन थिए भने एउटा दुइटा मात्रै आफ्नो फाेटाेमा लाइक तेता पनि मन अडियन र पुनः अन्लाईनमा को-को रैछ्न खोज्न थालेँ सयौं साथी अन्लाईन भयनी यी आँखाले उहीँ छुच्ची केटीलाई खोजिरह्यो ।
जनवरीकाे महिना थियो माल्दिभमा धेरै दिन पछी २०२२ को पहिलो वर्षा भएको थियाे मलाई पनि पानीमा भिज्न मन लग्यो र टिसर्ट र हाफ पाईन्ट लगायर निक्लिय सेन्ट्रल पार्क तिर धित मरुन्जेल पानीमा रमाएर रुम फर्किएँ । मौसमको कारण हो कि साँचिकै कोभिड हो लगातार हाच्छ्यूँ आइरह्यो मैले पनि हाम्रा निवर्तमान प्रधानमन्त्री केपीशर्मा ओली जि को सुझावलाई मद्यनजर गर्दै बेसार पानी ततायर पिएँ तर अम्बाको पात चपाउन यहा अम्बाको बोट थियनन्। खाना खायर एउटा प्यानाडोल ट्याबलेट लियर म दुई तले खाटमा पल्टिएँ। घरमा कुरा नभएको पनि धेरै भएको थियाे पुनः मोबाइलमा झुन्डिएँ ।
किनकि कामबाट फर्किएसी अक्सर थोरै समय भयनि घरमा बोल्थेँ तर त्यो समय पनि अचेल छुच्ची केटीका लागि खर्चिन थालेको थिएँ यसो हेरेँ अन्लाईन नै रैछिन श्रीमती अनि एसएमएस गरेँ
-हालाे के छ खबर खाना खायौ ?
-उम: छोटो जवाफ कुनै प्रतिप्रश्न गरिनन्।
सायद धेरै दिनदेखि एसएमएस कल नगरेकोले ठुस्केकी होलिन
-पुनः एसएमएस लेखेँ परिवार सबैलाई जाडोको कपडा किनेउ ?
-पुनः सेम उत्तर उम:
अब भने लग्यो साचिकै आगो भयकी रै छिन तत्काल मनभित्रबाट माया रुपी दमकल पठाउन मन लाग्यो र भिडियो कल गरेँ
बिडम्बना उता लाइन गयछ क्या हो अफलाइन पो भइन । नेपालको नेटवर्क र लाईनको भरोसा नहुने कतिबेला काटिन्छ थाहै नहुने । म पुनः यता छुच्ची केटी अनलाईन छ कि भनेर खोज्दै थिएँ फ्याट्ट प्रोफाइल चेन्ज गरेर अनलाइन देखिइन। फ्रोफाईलमा सानो बच्चाको फाेटाे थियो । मैले सोधेँ कस्को बच्चा हो यति राम्रो ?
-मेरो
-ओहो तिम्लेले आमा बन्ने सौभाग्य पनि पाईसकिछौ
- होईन हौ मेरो सानोको photo हो ।
- सानोमा यती राम्री अहिले झन कस्ती भयौ होला
- नराम्ररी उस्को छोटो उत्तर
मैले फाेटाे जुम गरेर हेरेँ गालाको मुन्तिर कालो कोठि रैछ ।मैले सोधेँ तिम्रो गालाको तल्लाेपट्टी कालो गोठि छ हैन
- उम कसरी था भो तपाईंलाई
- था भैहाल्छ नि मैले उत्तर दिय अब भने उ केही लचिलो भएको अनुभव गरेँ
- होला खुब उस्को रिप्लाई आयो
- तिम्रो मा किन कल जादैन मैले जिज्ञासा् राखेँ
- म म्यासेन्जर चलाउदिन भिडियोमा कलमा किन रियल मै देख्नु होला नि ?
- तर कैले मैले उत्सुकता जनाएँ
- आउँछ एक दिन
- नम्बर दिन मिल्दैन फेरि सोधेँ
- किन अहिले फोन गर्न लाई ?
- उम नम्बर पाए त गरिहाल्छु नि मैले च्याट वाला हासो हासेँ हाहा
- तिमी त बादर भन्दा नि बाठी रैछेउ
-तपाई नै हुनुहोला बादर
- म बादर तिमी बादर्नी जोडी मिल्ला जस्तो छ मैले जिस्काएँ
- रेला नगर्नु किन
एवम् रितले हामी घन्टौं chat मा झुन्डिन थाल्याैँ यता म भने घर परिवार बिस्तारै बिर्सन थालिसकेको थिएँ । घरबाट आएको कल कहिले काट्ने त कहिले बिजि छु भन्दै छोटो कुरा गरेर राख्न थालेको थिएँ। श्रीमतीको मनमा भने म प्रति चिसो पस्दै गएको थियो म भने छुच्ची केटीलाई नै कल्पिदै गइरहेको थिएँ । एकदिन आएछ क्यारे घरमा आएर आफ्ना छोराछोरी जिम्मा लिएर आफुलाई स्वतन्त्र गरिदिन धम्कीपुर्ण आग्रह गरिन । तर म परिवर्तन भैसकेको थिएँ मलाई कुनै असर नै परेन जसोतसो उनले आफ्नो दैनिकी अगाडि बढाउदै गइन् म भने यता फेस्बुके प्रेममा फस्दै गएँ ।
बिहीबार रातीको कुरा हो च्याट कै क्रममा मैले छुच्चीलाई भेट्ने ईच्छा प्रकट गरे
-के छ भोली को प्लान मैले सोधेँ
-किन र ?
-भेट्न मिल्छ कि भनेर
-कहाँ भेट्ने
-तिमी जहाँ भन्छ्याै तेहीँ
- ठिक छ उसोभए सुल्तान पार्कमा दिउँसो ठिक ३ बजे आउनुहोस् न त
- ओके डन्, मैले भने
जिन्दगीको पहिलो रात होला । त्यो रात लामो लाग्याे। भोलिपल्ट बिहानै घरमा हेलो हाई गरेर आज पनि काममा जानुपर्ने भो साँझ
कामबाट फर्किएसी कल गर्छु बिच-बिचमा कल एसएमएस गर्ने होईन तेहाँ भन्दै मैले धम्कीपुर्ण एसएमएस गरेँ घरबाट थम को सिग्नलले हुन्छ भन्ने सहमति जनाइन उनले ।
कति बेला ३ बज्ला पटक पटक घडी हेरी रहेको थिएँ । उसलाई भेट्ने खुसिले होला खाना खान मन लागेन ताल परे उसैसङ्ग
नेपाली होटेल गयर म:म खानुपर्ला भन्दै मोबाईल लियर फ्रेस हुन बाथरुम छिरेँ । नुहायर कालो जिन्स लगाएँ तेस्लाई साथ दियो निलो टिसर्टले अनि सेतो जुत्ता लगाएर मात्रा भन्दा धेरै बडि स्प्रे छर्केर म निक्लिएँ माले तिर ।
अपहरान्न २:३० बजे सुल्तान पार्क पसेर उनलाई पर्खिन थालेँ बिस्तारै प्रेम जोडी र टिकटके स्टारहरुले भरिदै गयो सुल्तान पार्क म भने एकोहोरो उनकाे प्रतिक्षामा बसिरहेँ बेलुका को ५ बज्यो तर उनी आइनन् अनि एउटा् एसएमएस लेख्न मन लाग्यो र टाइप गरेँ के हो हजुर तपाईंको दर्शन पाउनु त भगवानको दर्शन पाउनु जतिकै भो त तर एसएमएस सेन्ड भयन बरु तल सक्रोलमा दिस् प्रसन इज नट एभाइलएभल इन म्यासेन्जेर भन्ने नोटिस देखा पर्यो । अनि म छाँगाबाट खसेझै भएँ ओ माइ गड ब्लग पो गरी कि सोच्दै पटक-पटक सर्च बक्समा उस्को नाम टाइप गरी मोबाइलको स्क्रोल तल माथी गरेँ तर कहीँ भेटिन।
दिपेश पण्डित (भूमीपुत्र)