टेक्सास, टेक्सासको ग्रेटर अस्टिन क्षेत्रमा बसोबास गर्ने नेपाली हरुले नयाँ बर्षको उपलक्षमा पिक्निक मनाएर रमाइलो गरेका छन । अस्टिनदेखि करीब ८० किलोमिटर टाढा पर्ने बुकनान ताल क्षेत्रमा रहेको "ब्ल्याक रक पार्क" मा पिक्निक आयोजना गरिएको थियो । बुकाना ताल डुंगा सयर गर्न, पौडी खेल्न र माछा मर्नको लागि पनि प्रसिद्ध छ । जल बिध्युत उत्पादन र पिउने पानीको स्रोत संरक्षणको लागि यो ताल सन १९३९ मा निर्माण गरिएको थियो । यो ताल करीब ३६०३० बिघामा फैलियको छ ।
यो बर्ष अस्टिन क्षेत्र भित्रका नेपाली हरु दुई समुहमा बाँडिएको प्रस्ट रुपमा देखिएको छ। ( ज्ञान्स ) ग्रेटर अस्टिन नेपाली सोसाइटिको संस्थापनपक्षले अबैधानिक तरिकाले बिना निर्वाचन पुन: नेत्रित्व आँफै आफ्नो हातमा लिएपछी यो दुई भागमा बाडिने अवस्था आएको हो । अब अस्टिनका नेपाली हरु औपचारिक रुपमै दुई भागमा बाडिन सक्ने प्रसस्त संकेत हरु देखा पारी रहेका छन तर संस्थापन पक्षले तेस्रो विश्व युद्ध जितेझै गरीरहेको छ भने असन्तुस्ट पक्ष अर्को संस्थाको स्थापना गर्ने सम्मको तयारीमा गएको देखिन्छ । यो अस्टिनबासी नेपाली समुदायको लागि एकदमै अशुभ लक्षण हो । अस्टिनको नेपाली समाज लाई पहिला झै एकताबद्ध गरेर भाईचाराको सम्बन्ध कायम गर्दै अगाडि बढ्ने गरी पहल गर्न अब एक दिन पनि ढिला गर्न हुन्न । नत्र केही महिना भित्र अस्टिनको नेपाली समुदाय प्रस्ट रुपमा दुई भागमा भिभाजित भएको देखिने छ, जो नेपाली समुदायको लागि एकदमै दु:खद कुरा हुने छ। त्यस कारण समुदायलाई फुटबाट बचाएर एउटै साझा संस्थामा सबै अटाउने,सबैले अपनत्व महशुश गर्ने संस्था बनाउनको लागि तीन पक्षको अहम जिम्मेवारी छ। ति तीन पक्षहरु हुन - समुदायका बौद्धिक ब्यक्तित्व हरु, असंबैधानिक नेत्रित्व र असंतुष्ट पक्ष।
पिकनिका केही झलक हरु !!!








