• ट्रेण्डिङ्ग :
दोगडाकेदारलाई ‘पूर्ण संस्थागत सुत्केरी’ घोषणा गरिँदै

दोगडाकेदारलाई ‘पूर्ण संस्थागत सुत्केरी’ घोषणा गरिँदै


  • 5.9K
    SHARES
    • जेठ १९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 9.0K Views

    दोगडाकेदारलाई ‘पूर्ण संस्थागत सुत्केरी’ घोषणा गरिँदै
    बैतडी, १९ जेठ/बैतडीको दोगडाकेदार गाउँपालिका छ वटा वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको छ । गाउँपालिकालाई नै आगामी आर्थिक वर्षभित्रै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य राखिइएको छ । 
     
    दोगडाकेदार-१ रिम र दोगडाकेदार-२ कमलपुरबाहेकका अन्य सबै वडा पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएका दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयो । गाउँपालिकाले बनाएको कार्यविधिअनुसार वडाभित्र रहेका ९८ प्रतिशत गर्भवती स्वास्थ्यसंस्थामै सुत्केरी भएको, नियमितरूपमा चार पटक गर्भ जाँच गराएको,सरकारको मापदण्डअनुसार ९० प्रतिशतले गर्भवती टिडी खोप लगाएको, आइरन चक्की, जुका औषधि खाएको, पौष्टिक आहारका लागि परामर्श गरेको, एचआइभी जाँच गरेकोलगायत मापदण्डअनुसार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने गरिएको उहाँले बताउनुभयो । 
     
    गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेकाले यो क्षेत्रमा बजेटको पनि विशेषव्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रलाई पालिकाले प्राथमिकतामा राखेको छ, यसमा बजेटको पनि विशेषव्यवस्था गरेका छौँ ।”
     
    आमा र बच्चाको स्वास्थ्यका लागि गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गरेको र अगामी दिनमा पनि ती कार्यक्रम सञ्चालन हुने गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो ।  उहाँले भन्नुभयो, “ गर्भवती र सुत्केरीलाई मध्यनजर गरेर मातृशिशु कोष स्थापना गरेका छौँ । उपाध्यक्षको कोसेली पनि सञ्चालनमा छ ।” गाउँपालिकाको समग्र विकासका साथै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले  बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाको समग्र विकासका साथै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेका छौँ ।”


    तेस्रो आँखा