• ट्रेण्डिङ्ग :
अभिभावकविहीन बालबालिकालाई कपडा वितरण

अभिभावकविहीन बालबालिकालाई कपडा वितरण


  • 4.5K
    SHARES
    • जेठ २३, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.9K Views

    अभिभावकविहीन बालबालिकालाई कपडा वितरण

    अर्घाखाँची, २३ जेठ/अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरका असहाय बालबालिकालाई कपडा तथा झोला वितरण गरेको छ । असहाय भएका बालबालिकालाई नगरपालिकाले कार्यक्रम गरेर सामग्री वितरण गरेपछि बालबालिका खुसी भएका छन् ।

    images

     अभिभावकविहीन बालबालिकालाई सन्धिखर्क नगरपालिकाले मङ्गलबार उपप्रमुखसँग असहाय बालबालिका कार्यक्रमअन्तर्गत कपडा तथा झोला वितरण गरेको हो । 

    नगर क्षेत्रका १२ वटै वडाका डेढ वर्षदेखि १६ वर्षसम्मका ८२ जना अभिभावकविहीन बालबालिकालाई नगरपालिकाले अभिभावकत्व प्रदान गर्दै कपडा र झोला प्रदान गरिएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । बालबालिकालाई नगरप्रमुख श्रेष्ठ र उपप्रमुख आचार्यले कपडा र झोलाका साथ जनही रु पाँच सय पनि प्रदान गर्नुभयो । 


    तेस्रो आँखा