तिम्रो मुहारको मुस्कानमा मेरै छाँया रहोस्
त्यो मुटुको हर धड्कनमा मेरै माया रहोस ।
अर्को जुनी हुन्छ भने, हे दैव त्यो जुनीमा पनि
तिम्रो माया तिम्रो छाँया मेरै दाँयाबाँया रहोस् । –१
मन दुखेकै बेला मा, खुशी छर्न मन लाग्ने,
आफ्नो मान्छे दुर हुँदा, बसाइँ सर्न मन लाग्ने,
मन पनि अनौठो छ , रोएको बेला नै रहेछ,
यहाँ हाँसेको तस्बिर , पोस्ट गर्न मन लाग्ने । –२
आँखी गाजल यो शृङ्गारपटार तिमीलाई,
यो बैंस, त्यो बुढ्यौलीपन संसार तिमीलाई
आजको दिन के बाचा गरुँ र प्यारो मान्छे,
यो बचेको जिन्दगी पनि उपहार तिमीलाई –३
उ बेला नबोल्दै पनि प्रेम लाए झैँ लाग्थ्यो
नजर–नजरमा भाव रसाए झैँ लाग्थ्यो
यी रोजहरुले मलाई फकाउन सकेनन् ,
त्यो प्रेम पत्रमा मुटु टाँसेर पठाए झैँ लाग्थ्यो। –४
सिर्जु शाही
