• ट्रेण्डिङ्ग :
सुधारगृहको इनारमा हैजाका जीवाणु, तीनजनालाई संक्रमण

सुधारगृहको इनारमा हैजाका जीवाणु, तीनजनालाई संक्रमण


  • 2.5K
    SHARES
    • श्रावण ११, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.8K Views

    सुधारगृहको इनारमा हैजाका जीवाणु, तीनजनालाई संक्रमण

    ललितपुरको गोदावरी नगरपालिका– १४ ठैबस्थित ‘नसारहित समाज पुनर्स्थापना केन्द्र’को इनारमा ‘भिब्रियो कोलेरा’ जीवाणु भएको बाहिरी फोहोर पानी प्रवेश गर्दा सुधार केन्द्रका तीनजनालाई हैजा संक्रमण भएको छ । परीक्षणका लागि गत शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु ल्याइएका १६ वर्षीय किशोरमा सोमबार हैजा पुष्टि भएकामा बिहीबार पुनः दुईजनामा पनि देखिएको हो । 

    images

    पहिलो केस (किशोर)मा हैजा पुष्टि भएपछि शंकास्पद थप तीनजनालाई टेकु अस्पताल ल्याइएको थियो । स्याम्पल लिएपछि दुई युवा अस्पतालबाटै फरार भएका थिए । भागेकामध्ये २१ वर्षीय युवा र मिर्गौलामा समेत समस्या भएकाले पाटन अस्पताल रेफर गरी उपचाररत ५० वर्षीय पुरुषमा पनि पुष्टि भएको हो । अर्का एक फरार युवामा भने हैजाको जीवाणु नभेटिएको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए । प्रारम्भिक रिपोर्टमा हैजा देखिएपछि सबैको स्याम्पल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप परीक्षण गरिएको थियो । 

    पुनर्स्थापना केन्द्रभित्र लामो समयदेखि तरकारी स्टोर गरेर राखिएको साथै सरसफाइमा ध्यान नदिँदा बाहिरको फोहोर पानी बर्खा लागेसँगै उनीहरूले प्रयोग गर्ने इनारमा मिसिएकाले हैजा देखिएको वडाध्यक्ष निरोज बज्राचार्यले बताए । उनका अनुसार केन्द्रमा रहेका अन्य ६१ जनामा पनि परीक्षण गरिएकामा उनीहरूमा भने हैजा पुष्टि भएको छैन । यो समाचार नयाँपत्रिका दैनिकमा छ । 


    तेस्रो आँखा