• ट्रेण्डिङ्ग :
क्यानडाको अल्र्बटा क्यालगिरीमा कन्सुलर घुम्ती शिविर सम्प

क्यानडाको अल्र्बटा क्यालगिरीमा कन्सुलर घुम्ती शिविर सम्प


  • 3.4K
    SHARES
    • श्रावण ११, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.2K Views

    क्यानडाको अल्र्बटा क्यालगिरीमा कन्सुलर घुम्ती शिविर सम्प

    क्यानडाको लागि नेपाली दुतावासको कार्यालय ओट्टवाले अल्र्बटाको क्यालगिरीमा कन्सुलर घुम्ती शिविर सम्पन्न गरेको छ । क्यालगिरीमा सक्रिय नेपाली संस्था नेपलिज कम्युनिटी सोसाईटी अफ क्यालगिरीको संयोजनमा भएको शिविरवाट २ सय ३३ जनाले सेवा लिएको जनाईएको छ । सो शिविरमा अल्र्बटा प्रान्तको एडमन्टन, क्यालगिरी, फोर्ट म्याकमरी, ओकोटक्स, लेथ ब्रिज, क्यानमोर, मेडिसिन हेड, ड्रम हेलर लगायत विभिन्न शहरका साथैं अल्र्बटा नजिकका प्रान्तहरु शसकाचुन, बिट्रिस कोलम्बिया, युकोन, विनिपेग लगायतवाट आएका सेवा ग्राहीले सेवा लिएको नेपलिज कम्युनिटी सोसाईटी अफ क्यालगिरीका उपाध्यक्ष एवं कन्सुलसर शिविर संयोजक सूर्य अधिकारीले जानकारी दिनुभयो । दुतावासले नेपाली डायस्पोराको बाक्लो उपस्थिति रहेको क्यानडाका शहरहरु घुम्ती शिविर संचालन गर्दै आएको र यसले सेवाग्राहीलाई निकै सहजता देखिएको क्यानडाका लागि नेपाली राजदुत भरतराज पौड्यालले बताउनुभयो । यस्ता घुम्ती शिविरलाई आगामी दिनमा निरन्तरता दिदैं लगिने राजदुत पौड्यालले जानकारी दिनुभयो । शिविरमा दुतावासको तर्फवाट तृतिय सचिव सन्तोष अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुरज भण्डारी

  • सुरज भण्डारी
    लेखकबाट थप