• ट्रेण्डिङ्ग :
४० प्रतिशतले घट्यो धान-चामलको आयात

४० प्रतिशतले घट्यो धान-चामलको आयात


  • 2.4K
    SHARES
    • श्रावण १५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.8K Views

    ४० प्रतिशतले घट्यो धान-चामलको आयात

    गत आर्थिक वर्षमा धानचामल आयात ४० प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार आव २०८०/८१ मा २२ अर्ब रुपैयाँ बराबरको धान-चामल आयात भएको छ। 

    images

    भारतले धान निर्यातमा भन्सार शुल्कका साथै चामलमा कोटा सिष्टम लगाएका कारण आयातमा कमी आएको हो। 

    गत आवमा १२ अर्ब ९४ करोड १० लाख रुपैयाँको ३१ करोड ९० लाख केजी धान र नौ अर्ब २८ करोड ९८ लाख ५६ हजार रुपैयाँ बराबरको आठ करोड ८७ लाख २३ हजार केजी चामल आयात भएको छ। आव २०७९/८० मा ३६ अर्ब रुपैयाँ बराबरको धान र चामल आयात भएको थियो। 

    २०७९/८० मा १९ अर्ब १९ करोड रुपैयाँ बराबरको ५५ करोड ५८ लाख केजी धान र १५ अर्ब ९१ करोड रुपैयाँको २३ करोड ३९ लाख केजी चामल आयात भएको थियो । 

    गत आर्थिक वर्षमा ४५ अर्ब ७० करोड ७४ लाख ७५ हजार रुपैयाँको कुल खाद्यान्न (चामल, धान, मकै, जौ, गहुँ र कोदो) आयात भएको छ । आव २०७९/८० मा ५६ अर्ब ६२ करोड ५३ लाख ४७ हजार रुपैयाँको खाद्यान्न आयात भएको थियो ।  

    नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष कुमुद दुगडले भारतले धानचामल निर्यातमा भन्सार शुल्क लगाएका कारण आयातमा कमी भएको जानकारी दिए। धानमा आयात गर्दा व्यवसायीले २० प्रतिशत भन्सार शुल्क पाँच प्रतिशत कृषि सेवा शुल्क तिर्नु पर्छ । 

    आयातमा कडाइ गरेसँगै गैरकानुनी ढङ्गले खाद्यान्न आयात हुँदा राजस्व सङ्कलनमा कमी आउने गरेको छ । धानको आयातमा भन्सार शुल्क लाग्दा बजारमा चामल अभाव भएको दुगडले बताए । गोरखापत्र दैनिकमा समाचार छ, 


    तेस्रो आँखा