• ट्रेण्डिङ्ग :
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण, १३४० मिटर ड्रिलिङ

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण, १३४० मिटर ड्रिलिङ


  • 4.0K
    SHARES
    • श्रावण ३१, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 6.1K Views

    दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण, १३४० मिटर ड्रिलिङ

    दैलेख जिल्लाको भैरवी गाउँपालिका–१, जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौँ कामदार एवं प्राविधिक जुटेका छन् ।पेट्रोलियम अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ गर्ने काम १ हजार ३ सय ४० मिटर ड्रिलिङ सम्पन्न भएको छ ।

    images

    खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार आइतबारसम्मको आँकडामा त्यति गहिराइसम्म ड्रिलिङ गरिएको जानकारी गराएको छ ।यो आयोजनामा ४ हजारदेखि ४ हजार ५ सय मिटरसम्म गहिराइ ड्रिलिङ गरी अन्वेषणको काम हुनेछ । त्यसपछि यस स्थानमा पेट्रोलियम पदार्थको भण्डार कति छ र त्यसको उत्खनन सम्भावना’bout अध्ययन गरिने छ ।

    जलजले आसपासका ४५ रोपनी क्षेत्रफल जमिनलाई अधिग्रहण गरेर निर्माण कार्य सुरु भएको हो। आगामी ६ महिनाभित्र सक्नेगरी चिनियाँ कम्पनीले काम गरिरहेको जनाएको छ।

    चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो । शदिऔँदेखि ज्वाला बल्दै आएको श्रीस्थान, नाभिस्थान, पादुकाका क्षेत्रलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् भइरहेको हो । तीन वटा ठाउँमा गरिएको अध्ययनमध्ये जलजले बढी सम्भावना देखिएको ठाउँ हो । यो समाचार राजधानी दैनिकमा छ ।


    तेस्रो आँखा