• ट्रेण्डिङ्ग :
सुनको मूल्य बृद्धि

सुनको मूल्य बृद्धि


  • 2.8K
    SHARES
    • आश्विन ४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.3K Views

    सुनको मूल्य बृद्धि

    काठमाडौं ४ असोज । शुक्रबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ रहेको सुन यस दिन १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको छ । यसअघि भदौ अन्तिम दिन १ लाख ५७ हजार ३ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो ।

    चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८८० रुपैयाँ रहेको चाँदी यस दिन ३५ रुपैयाँ बढेर १९१५ रुपैयाँ पुगेको छ ।


    तेस्रो आँखा