घोराही ९ असोज । लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय घोराहीको संयुक्त आयोजनामा विश्व पर्यटन दिवस मनाईने भएको छ ।
यही असोज ११ गते घोराहीमा ४५ औँ विश्व पर्यटन दिवस मनाईने भएको हो । प्रदेश स्तरको कार्यक्रमका बारेमा प्रचारप्रसाद उपसमितिले आज नगरमा पत्रकार सम्मेलन गर्दै ४५ औँ विश्व पर्यटन दिवसको तयारीका बारेमा जानकारी दिएको छ । असोज ११ गते ११ बजे जिल्ला समन्वय समितिको खुल्ला मञ्चमा कार्यक्रम हुने छ ।
मूल समितिका सह संयोजक हुमाकुमारी डिसीको अध्यक्षतामा पत्रकार सम्मेलन गर्दै डिसीले प्रदेशका चिनारीकारुपमा रहेका कला, संस्कृती, खानाको प्रदर्शनी हुने जानकारी दिनुभयो । कार्यक्रममा १० प्रकारका जातीय लोक नृत्य तथा संगितहरुको प्रस्तुती रहने जानकारी दिईएको छ ।
