• ट्रेण्डिङ्ग :
पेट्रोलियम पदार्थको तत्काल अभाव नहुने

पेट्रोलियम पदार्थको तत्काल अभाव नहुने


  • 4.0K
    SHARES
    • आश्विन १४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.1K Views

    पेट्रोलियम पदार्थको तत्काल अभाव नहुने

    बजारमा तत्काल पेट्रोलियम पदार्थको अभाव नहुने भएको नेपाल आयल निगमले जनाएको छ । अविरल वर्षाका कारण बाटो नियमित रूपमा सुचारु नभए पनि पर्याप्त मौज्दात रहेकाले अभाव नहुने नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता पूर्णप्रसाद रिजालले उपत्यकामा एक हप्तालाई पुग्ने इन्धन मौज्दात रहेकाले अभाव नहुने बताए । 

    images

    निगमका अनुसार हाल पाँच हजार तीन सय किलोलिटर पेट्रोल, छ हजार तीन सय किलोलिटर डिजेल र चार हजार किलोलिटर हवाई इन्धन मौज्दात रहेको छ । एक हप्तालाई पर्याप्त पुग्ने मौज्दात रहेको निगमले जनाएको छ । यद्यपि वर्षाका कारण बाटो अवरुद्ध हुँदा उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्ति नियमित हुन सकेको छैन । 

    यसरी नै लामो समयसम्म बाटो अवरोध भए बजारमा इन्धनको अभाव हुने सक्ने बताइएको छ तर निगम भन्छ, “बाटो अवरुद्ध रही रह्यो भने यातायात पनि त्यति चल्दैन र त्यति इन्धन पनि खपत हुँदैन ।” निगमका अनुसार सामान्य अवस्थामा मासिक ५७ हजार किलोलिटर पेट्रोल, एक लाख १५ हजार किलोलिटर डिजेल, १६ हजार ५२५ किलोलिटर हवाई इन्धन, ४५ हजार मेट्रिक टन ग्यास र एक हजार किलोलिटर मटितेल खपत हुने गर्छ । 

    यसैबिच खाना पकाउने एलपी ग्यासको समेत दुईदेखि चार दिनसम्म अभाव नहुने एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । लामो समयसम्म आपूर्ति नियमित नभए बजारमा अभाव हुन सक्ने सङ्घ अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । हाल बुलेट र सिलिन्डर गरेर १५ देखि २० हजार मेट्रिक टनसम्म ग्यास मौज्दात छन् । ग्यास कम्पनीका अधिकांश प्लान्ट उपत्यका बाहिर रहेकाले पनि बाटो बन्द हुँदा ग्यास उपत्यकामा आउन नसकेको उनको भनाइ छ । एभरेस्ट, नेपाल, उग्रचण्डी, एसटिसी कम्पनीका प्लान्ट उपत्यकामै रहेकाले तत्काल अभाव नहुने उनको भनाइ छ ।  गोरखापत्र दैनिकमा समाचार छ । 


    तेस्रो आँखा