• ट्रेण्डिङ्ग :
सकारात्मक साेचका अभियान्ता 'सुन्दर सर'

सकारात्मक साेचका अभियान्ता 'सुन्दर सर'


  • 18.5K
    SHARES
    • फाल्गुण १४, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 28.5K Views

    सकारात्मक साेचका अभियान्ता 'सुन्दर सर'

    तिमीले जसलाई प्रिय व्यक्ति ठान्दछौ तिमी पनि ति व्यक्तिहरुको प्रिय बन्न सक्छौं। म कति व्यक्तिहरूको प्रिय छु त्यो मलाई थाहा छैन तर मेरो नजरमा  केही सिमित व्यक्तिहरू प्रिय छन। म मेरो परिवारको सदस्यहरुबाट जति माया, प्रेरणा, उत्साह साथ र सहयोग निःस्वार्थ  प्रयाप्त गर्छु त्यस्तै एक व्यक्तित्व हुनुहुन्छ जो मलाई सधैं माया साथ सहयोग र हौसला दिइरहनु भएको छ।

    images

    म आजभोलि  लेखन कार्यमा बामे सर्दैछु यसको सम्पूर्ण श्रय पनि उहाँलाई नै दिन चाहान्छु। मैले सोधेका हरेक प्रश्नहरुको सरल र सटिक भाषामाविना झन्झट उत्तर भनिदिने  मेरा आदरणीय गुरु सुन्दर गौतम। नाम जस्तै सुन्दर मन पनि भएको। मैले उहाँ रिसाएको अझैसम्म थाहा पाएको छैन। मैले उहाँलाई चिनेको दश वर्ष भन्दा बढी भयो।

    उहाँले पढाउने दाङ भ्याली कलेज जहाँ एस.एल.सी पछि मेरो रोजाइको कलेज  भएको थियो । त्यो उमेर त्यो अवस्था सायद हामी बदमास पनि थियौं तर पनि कहिले गुरुको नजरमा नराम्रो भएनौ। पछिल्लो समय म उहाँसँग झनै नजिक भएको थिए। दुई वर्ष अगाडि राष्ट्रिय पोशाक दिवसको अवसरमा आयोजना गरेको साँस्कृतिक पोशाक प्रदर्शनको कार्यक्रममा  उहाँलाई निम्तो   दिएको थिएँ।

    मेरो निमन्त्रणालाई सहर्ष स्वीकारेर उपस्थित हुनुभएको थियो। उहाँ  संस्कृत विषयको प्राध्यापक भएकाले कार्यक्रममा मुख्य वक्ताको भूमिकासमेत निर्वाह गरिदिनु भएको थियो। उक्त  कार्यक्रममा धेरै कुरा गर्ने अवसर नमिले पनि पछि चिया गफमा भेट हुँदा खुब प्रसंशा गर्नु भएको थियो। म भर्खरै सिक्दै गरेको युवालाई त्यो भन्दा ठूलो उर्जा अरु के हुन सक्थ्यो। कर्ण सकारात्मक कोषले प्रकाशन गरेको गुरुद्वारा लिखित पुस्तक नैतिक तथा नागरिक शिक्षाको विमोचन कार्यक्रम  हुँदै रहेछ।

    गुरुको मलाई बिहानै फोन आयो मिठो सुरिलो स्वरमा के छ बा समिर सन्चै छौ भोलि शनिवार खाली छौ होला नि? सर्वोदय पुस्तकालयमा  मेरो एउटा  पुस्तकको विमोचन कार्यक्रम छ दिउँसो एक बजे तिर आउ है। मैले हुन्छ भने अर्को दिन म मेरो साथी बसन्त रिजाललाई पनि सँगै लिएर त्यहाँ पुग्दा कार्यक्रमको तयारी हुँदै थियो। विभिन्न क्षेत्रका अग्रज व्यक्तित्वहरु पत्रकार ,साहित्यकार, प्राध्यापक ,विद्यार्थीहरुले हल खचाखच थियो।

    स्वयंसेवकहरुले कर्ण सकारात्मक कोषले प्रकाशन गरेका अन्य पुस्तकहरु सबैलाई हात हातमा बाडिरहेका थिए। मैले पनि पाएँ। कार्यक्रम केही बेरमा सुरु भयो कार्यक्रमको संचालन सुदिप गौतम सरले गर्नु भयो। उहाँ पनि मेरो गुरु नै हुनुहुन्छ मलाई ब्याचलर दोस्रो वर्षमा राजनीतिक शास्त्र विषय पढाउनु भएको हो। उहाँको कार्यक्रम संचालन गर्ने शैली देखेर म निकै प्रभावित भएँ ।

    मैले धेरै कार्यक्रममा सहभागीता जनाएको छु तर मनोरञ्जन सहित विषयवस्तुलाई सँगै लिएर संचालन गरेको त्यो कार्यक्रमले सायद कसैलाई बोर फिल भएन होला। कार्यक्रमको सुरुवातीमा कर्ण सकारात्मक कोष अभियानको सामान्य परिचय सहित एउटा  भिडियो क्लिप देखाइएको थियो। कर्ण सकारात्मक कोष कुनै धार्मिक ,राजनितीक,भाषिक संघ संस्था होइन।यो एउटा सामाजिक अभियान हो।मन मिल्ने साथीहरू सँग मिलेर सकारात्मक सोच बारे कुरा गर्ने र भलाकुसारी गर्ने समूह हो।

    यो कसैलाई उपदेश दिने थलो होइन। बस हुदैन,भएन,पुगेन  भन्ने जस्ता नकारात्मक सोच त्यागेर सामाजिक सचेतना विवेक ,सद्यवहार बसाल्ने र कार्यान्वयन गर्ने गराउने प्रयास एवम् अभ्यास हो।यसमा कुनै पदाधिकारी हुदैनन् अभियान्ता मात्र हुन्छन्।
    सधैं राज्यलाई मात्र सरापेर देश उँभो लाग्दैन। जुन बेलासम्म हामी आफुले आफैलाई बदल्न सक्दैनौं ,समाजलाई परिवर्तन गर्न सक्दैनौं।सकारात्मक सोचले हरेक व्यक्ति परिवार र समुदायलाई आफ्नो जिम्मेवारी आआफ्नो ठाउँबाट बहन गर्ने पाठ सिकाउँछ।

    हामी प्रजाबाट जनता भयौं।तर अहिलेसम्म नागरिक बन्न सकेका छैनौं हामी नागरिक त्यो बेला बन्छौ जब हामीले अरुका आँखाबाट हेर्न जान्छौं ,अरुका कानबाट सुन्न सक्छौ ,अरुको मनबाट सोच्न सक्छौ ।पहिले आफू बदलिएपछि मात्र अरुलाई बदल्न सकिन्छ।देश तबमात्र समृद्ध हुन्छ जब समाज सभ्य  हुन्छ ।सभ्य समाज निर्माण गर्न  निरन्तर सोचविचार परिवर्तनको आवश्यकता पर्छ।

    त्यो भिडियोले मलाई मात्र हैन सबैलाई सोच्न बाध्य बनाउँछ। कति गहकिलो यथार्थ शब्दहरु समावेश छन। जो कोही को  पनि होस खुल्न सक्ने म पनि यो देशको नागरिक हुँ मेरो पनि यो देश यो समाज प्रति  केही दायित्व छ है भनेर झसङ्ग पारिदिने।नैतिक तथा नागरिक शिक्षा  पुस्तकको समिक्षा एकजना प्राधापकले गर्नु भएको थियो मैले त्यो समयमा धेरै बुझ्न त सकेन तर घर फर्किएपछि मैले त्यो पुस्तक पढेँ कति  सरल र सामान्य भाषामा लिखिएको साना भाई बहिनीहरुले पनि सजिलोसँग बुज्न सक्ने।

    साइजको हिसावले सानो भएता पनि अति नै उपयुक्त शब्दहरुले भरिएको यो पुस्तक साच्चिकै धेरै उपयोगी छ म सबैलाई पढ्न सुझाव पनि दिन चाहान्छु। आदरणीय गुरु विगत केही समय देखि कर्ण सकारात्मक कोषको अभियानमा जोडिएर विभिन्न कार्यक्रमहरु गर्दै समाजलाई सकारात्मक परिवर्तनका लागि पाइला चालिराख्नु भएको छ आगामी दिनहरु मा यो अभियान अझै सशक्त  रुपमा अगाडि बढोस् म जस्ता हजारौं युवाहरु यो अभियानमा जोडिएर हातेमालो गरुन शुभकामना।


    समिर ओली
    लेखकबाट थप