• ट्रेण्डिङ्ग :
युक्रेनमा रहेका १९३ जना नेपाली आए दूतावासको सम्पर्कमा

युक्रेनमा रहेका १९३ जना नेपाली आए दूतावासको सम्पर्कमा


  • 10.9K
    SHARES
    • फाल्गुण १४, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 16.8K Views

    युक्रेनमा रहेका १९३ जना नेपाली आए दूतावासको सम्पर्कमा

    काठमाडौं, १४ फागुन । युक्रनेमा रहेका १९३ जना नेपाली जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका सबै नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ । 

    images

    ‘दूतावासमा सम्पर्कमा आउनुभएका १९३ जना नेपाली नागरिकहरु हालसम्म सुरक्षित हुनुहुन्छ,’ जर्मनीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

    युक्रेनमा उत्पन्न पछिल्लो संकटपछि त्यस मुलुकका विभिन्न सहरमा रहेका नेपाली नागरिकहरुको स्थिति सम्बन्धमा थप जानकारी हासिल गर्ने कार्य निरन्तर भइरहेको दूतावासले जनाएको छ । 

    रुसले बिहीबारबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि त्यहाँ रहेका नेपालीको खोजी गर्न थालिएको हो । 

    दूतावासले यसअघि स्थायी रुपमा बसोबास गर्दै आएको ३८ जना र युरोप र अमेरिका जाने क्रममा करिव दुई सय नेपाली युक्रेनमा रहेको बताएको थियो । तीमध्ये १९३ जना दूतावासको सम्पर्कमा आएका हुन् । 

    गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले भने युक्रेनमा करिव ४ सय नेपाली रहेको जनाएको छ । 


    तेस्रो आँखा