• ट्रेण्डिङ्ग :
'जेरी अन टप'को छायांकन सुरु

'जेरी अन टप'को छायांकन सुरु


  • 2.7K
    SHARES
    • कार्तिक १३, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.2K Views

    'जेरी अन टप'को छायांकन सुरु

     

    काठमाडौँ, १३ काठमाडौ । अनमोल केसीको अभिनयमा बन्ने फिल्म 'जेरी अन टप'को छायांकन सुरु भएको छ । सोमबार पाटनको मन्दिरमा शुभमुहूर्त गर्दै निर्माण टिमले फिल्मको छायांकन थालेको हो 

    images

    अनन्या फिल्म्सको ब्यानरमा तयार हुने यो फिल्मको छायांकन काठमाडौंलगायत लुक्ला र भारतको लद्दाखमा गरिने बताइएको छ ।

    दिपक भण्डारी र सरोज न्यौपानेको निर्माणमा बन्न लागेको फिल्मको लगानीमा राेविन सेरचन, रामकृष्ण श्रेष्ठले साझेदारी गरेका छन् । सुयोग गुरुङको निर्देशन रहने फिल्ममा हेमराज बिसीको कथा छ । उज्जल जोशीले फिल्मलाई खिच्नेछन् भने फिल्मको सम्पादन सुरेन्द्र पौडेलले गर्नेछन् ।

    फिल्ममा अनमोलसँगै उनका बुवा भुवन केसीले पनि अभिनय गर्नेछन् । फिल्ममा उनी दुईसँगै जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे, विपना थापा, निर्मल शर्मा, सुरक्षा पन्त, संगीता मगर र सुष्मा निरौंलाको अभिनय रहनेछ ।


    तेस्रो आँखा