• ट्रेण्डिङ्ग :
स्वर्ग नखोजौं !

स्वर्ग नखोजौं !


  • 4.1K
    SHARES
    • कार्तिक १७, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 6.3K Views

    स्वर्ग नखोजौं !

    स्वर्ग लोक यस धर्ती मै छ, किन प्यासी बनी दौडमा छौँ 
    यस धर्ती लाई स्वर्ग देख्ने कर्म गर्न सबै सधैं अघि बढौं

    images

    क्षमता, दक्षता, सीप जति छन्, पुरुषार्थ धर्तीमा देखाऔं
    निस्वार्थ भाव द्वारा गरिएको कर्म जगतमा सारा फैलाऔं

    पिता-पुत्र, पति-पत्नी, दाजु-भाइ बीच प्रेम सद्भाव छ जहाँ 
    सासु-बुहारी, जेठानी-देवरानी, दिदी-बहिनी प्रतिको प्रेम परिवारमा जहाँ 

    पिडा, चिन्ता, फाइदा-बेफाइदा सबै परिस्थितिमा हुन्छ सहकार्य जहाँ 
    सुखदुःख एक सिक्काको दुई पाता हुन् भनी सहन गर्न सकिन्छ जहाँ 

    जति सकिन्छ प्राणी मात्र लाई प्रेम सहयोग सधैं गरौँ 
    रोइ दिन काट्ने जति छन्, मानवीय मुल्य महत्त्व बताऔं

    निर्धो सज्जन संग सधैं शिर झुकाऔं, बलवान दुष्ट संग लडौं
    साँचो अर्थमा मनुष्य बनी, आदर्श जीवन सधैं बिताऔं

    समुदाय छिमेकमा हरपल निष्कपट सुमधुर सम्बन्ध राखौं 
    उनीहरुको सुखमा रमाऔं सधैं, दुखमा सेवा सद्भाव राखौं 

    जहाँका बासिन्दा हामी हौं, आदर्श गाउँ टोल बनाऔं
    दोष दुर्गन्ध नजिक नराखी, शिक्षा ज्ञान घरघरमा फैलाऔं

    अज्ञान मेटाऔं स्वयं सारथीको आलोकित जीवन बनाऔं
    हामी सबै ऋणि धर्तीका सन्तान हौं यसैलाई स्वर्ग बनाऔं 

    हामी धर्तीका बसोबासी हरु धर्ती लाई स्वर्ग बनाऔं 
    कहिँ कतै स्वर्ग छ भने असल कर्म गरि अवतरण गराऔं


    श्रीराम दहित
    लेखकबाट थप