• ट्रेण्डिङ्ग :
नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता

नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता


  • 4.4K
    SHARES
    • कार्तिक २१, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.8K Views

    नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता

    काठमाडौं २१ कात्तिक । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ । टिकटकले आधिकारिक रुपमा दर्ताका लागि सबै प्रक्रिया पुर्‍याएर नेपाल सरकारलाई पत्र पठाएको थियो ।

    images

    कानुनी प्रक्रिया अनुसार टिकटकले प्रक्रिया पुरा गरेपछि आधिकारिकरुपमा दर्ता भएको सञ्चार मन्त्रालयले जनाएको छ । सञ्चार मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम टिकटक दर्ता भएको जानकारी दिनुभयो ।

    नेपालमा टिकटक दर्ता भएसँगै अब टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताइएको छ । यस्तै डिजिटल साक्षरतामा पनि टिकटकले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।


    तेस्रो आँखा