• ट्रेण्डिङ्ग :
आमा !

आमा !


  • 3.5K
    SHARES
    • मंसिर १, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 5.4K Views

    आमा !

    सहनशीलतामा धर्ती हौ, मन अति विराट जस्तै आकाश  
    अविश्वास छलकपट हरुको चाँङमा ममता पुर्ण विश्वास 

    images

     

    आमा तिमि जत्तिकै प्रेणा संसारमा जहाँ खोजे नि भेटिने छैन
    मुल्य विहीन सावित हुने गर्दछन् बनावटी प्रेम अनि भौतिक चैन

    दुखित कोही छौँ भने आमाको माया स्मरण मात्र गरौं  
    आमाको काखमा रोकिनेछ अविरल पिडा सबैलाई भनौं 

    तिम्रो आशिर्वादले हुन्छ ईश्वरीय समिपको आभास  
    मानवीय मुल्य मान्यताको गराउने तिमी सधैं विश्वास

    स्नेहि बनायौ दीप जस्तै अनि जल्न पनि सिकायौ  
    विपरीत परिस्थितिमा सधैं सहजै हिड्न सिकायौ

    बोलीले होइन सधैं आचरणको अनुपम अभ्यास  
    कर्म अनुसारको फल प्राप्ति हुने दियौ विश्वास

    आफुले त्याग गरि आनन्द लिने प्रेणा अनि उल्लास  
    भौतिकवादी विचरा हरुको आमा हौ तिमी विश्वास

    अवस्था कठिन है घर पनि लाग्न थाल्यो बजार  
    भौतिक वस्तुसंग निस्वार्थ स्नेही माया बिर्सी बेकार

    हाम्रो मन मरुभूमि झैँ हुँदा सुके अँखामा आँसु  
    किनबेचको दुनियाँमा आमा बिना कसरी बाँचु

    यस्ती ममतामयीको मन नदुखोस् जान अन्जान  
    उनको सामु रुप शिक्षा सबै बेकार नभनौ अन्जान

    प्राण प्रवाहित गर्ने आमा सबैको हौ श्वासप्रश्वास  
    अज्ञात बस भुल समेतमा आमा तिम्रो विश्वास


    श्रीराम दहित
    लेखकबाट थप