• ट्रेण्डिङ्ग :
कैलाली जिससको प्रमुखमा टीकाकुमारी निर्विरोध निर्वाचित

कैलाली जिससको प्रमुखमा टीकाकुमारी निर्विरोध निर्वाचित


  • 3.0K
    SHARES
    • मंसिर ५, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.6K Views

    कैलाली जिससको प्रमुखमा टीकाकुमारी निर्विरोध निर्वाचित

    कैलाली ५ मंसिर । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित हुनु भएको छ । प्रमुखमा उम्मेदवारी दर्ता गराएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डंगोरा थारुले  उम्मेदवारी फिर्ता लिएपछि नेपाली कांग्रेसकी टीकाकुमारी निर्विरोध निर्वाचित हुनु भएको हो ।

    images

    आइतबार नेपाली कांग्रेसबाट कैलारी गाउँपालिकाकी वडा सदस्य टीकाकुमारी र नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाकी वडा सदस्य रुपमतिले उम्मेदवारी दर्ता गराउनु भएको थियो । बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण किशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्ट लगायतका नेताहरुको उपस्थितिमा रुपमतिले प्रमुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएको नेपाली काँग्रेसका जिल्ला सचिव केशब मिश्रले जानकारी दिनुभयो ।


    तेस्रो आँखा