• ट्रेण्डिङ्ग :
प्रदेशी

प्रदेशी


  • 3.9K
    SHARES
    • मंसिर २२, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 6.0K Views

    प्रदेशी

    आँशुले यो भिजेको शिरानी  
    घर कै यादमा मै भा छु बिरामी  
    घर कि उनी अर्कै कि भईन रे
    दुधे बालक छाडेर गइन रे
    बुढी आमा बस्दी हुन रोएर
    मलाई सम्झी आँशुले मुख धोएर ॥

    images

    आमा भन्दै रुदो हो त्यो मुना
    आधा रातमा घुमेर घर कुना
    यो रमिता कसलाई देखायौ
    झुप्रो छाडि महलमा रमायौ
    बाँझो खेत रुदो हो चर्केर
    मलाई सम्झी मल पानी पर्खेर ॥ 

    घरमा आमा पर्दि हुन बिरामी
    छटपटिदा को दे ला माडपानी
    देख्छु अचेल रुख ढल्या सपनी
    चिता माथी चढेको म पनि
    घरको छानो रुदो हो दर्केर
    आउँछ भनि प्रदेशी फर्खेर ॥ 


    लोक राज डाँगी
    लेखकबाट थप