• ट्रेण्डिङ्ग :
काठमाडौंबाट धनगढी जाँदै गरेको बस बाँकेमा दुर्घटना

काठमाडौंबाट धनगढी जाँदै गरेको बस बाँकेमा दुर्घटना


  • 2.6K
    SHARES
    • मंसिर २५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.0K Views

    काठमाडौंबाट धनगढी जाँदै गरेको बस बाँकेमा दुर्घटना

    काठमाडौं, २५ मंसिर । काठमाडौंबाट धनगढी जाँदै गरेको बस पूर्व-पश्चिम राजमार्गमा पर्ने बाँकेमा दुर्घटना परेको छ । सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३६४४ नम्बरको बस राप्ती सोनारी गाउँपालिका-८ मगुवामा सडक छेउको रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

    images


    प्रहरीका अनुसार विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा २४ जना सवार बस रुखमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन् । उनीहरूको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    दुर्घटनापछि बसका चालक कैलालीको गोदावरी नगरपालिका-१ का ३६ वर्षीय रामबहादुर डाँगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


    तेस्रो आँखा