• ट्रेण्डिङ्ग :
पश्चिमी वायुको प्रभाव : उपत्यका तथा तराईमा हुस्सु

पश्चिमी वायुको प्रभाव : उपत्यका तथा तराईमा हुस्सु


  • 2.1K
    SHARES
    • मंसिर २८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.2K Views

    पश्चिमी वायुको प्रभाव : उपत्यका तथा तराईमा हुस्सु

    काठमाडौँ २८ मंसिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यका तथा तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ  । 

    images

    आज दिउसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ ।

    बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


    तेस्रो आँखा