मानव जीवनमा सुकर्म गर्ने सधैं गरौं सम्मान
गीता वेद पुराण आदिले जगतलाई दिन्छ सम्मान
लोभ लालचमा जगत सारा मानव छन् विवश
मनमा भरिएको असुर तत्वसंग लड्नु छ नमानी सकस
विषम परिस्थितिमा हुन्छ मानव जीवन पहिचान
गीता वेद पुराण आदिले जगतलाई दिन्छ सम्मान
चिन्तन चरीत्रमा दोष दुर्गुणको धेरै छ मानवमा महामारी
विकृत विचार विषालु जीवनशैलीको रक्षा गर्नुछ जिम्मेवारी
अनिती अत्याचारका कारण स्वार्थी व्यक्ति सम्मान
गीता वेद पुराण आदिले जगतलाई दिन्छ सम्मान
अहंकार दुर्भावना कुदृष्टी आदिले मानव सधैं दुखी
सद्भाव प्रेम सुदृष्टिको दियो बालौं जगत सारा सुखी
मनको भावमा आधारित हुन्छ संसारको कर्म विधान
गीता वेद पुराण आदिले जगतलाई दिन्छ सम्मान
कलियुगमा फैलिएको अनास्था,सद्ज्ञानले दिनेछ आस्था
मानव विवेकशील भइ देव कर्म गरेमा वृद्धि हुनेछ आस्था
संवेदना भरिएको प्राणशक्तिलाई महत्त्व र दियौं सम्मान
गीता वेद पुराण आदिले जगतलाई दिन्छ सम्मान
श्रीराम दहित