• ट्रेण्डिङ्ग :
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक : मुख्यमन्त्री शाह

शिक्षामा समयानुकूल परिमार्जन आवश्यक : मुख्यमन्त्री शाह


  • 1.9K
    SHARES
    • मंसिर ३०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 2.9K Views

    शिक्षामा समयानुकूल परिमार्जन आवश्यक : मुख्यमन्त्री शाह

    कैलाली, ३० मंसिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शिक्षामा समयानुकूल परिमार्जन आवश्यक रहेको बताउनु भएको  छ ।

    images

    कैलालीको टीकापुरस्थिति वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीको स्वर्णस्तम्भ शिलान्यास कार्यक्रममा उनले बदलिँदो समयानुसा शैक्षिक रूपान्तरण जरूरी रहेको बताउनु भएको हो ।

    “समयसँगै हरेक गतिविधि परिमार्जन हुनुपर्छ । शिक्षामा पनि त्यही हो । हिजो टीकापुरलाई शैक्षिक नगरीका रूपमा चिनाउने वीरेन्द्र विद्यामन्दिरलाई पनि त्यसैगरी परिवर्तन गर्न आवश्यक छ”, मुख्यमन्त्री शाहले भन्नुभयो  ।

    उहाँले शैक्षिक क्षेत्रको विकासमा भूमिका खेल्नुभएका स्वर्गीय खड्गबहादुर सिंहलाई बिर्सन नमिल्ने भन्दै राम्रा कामहरूबाट आफ्नो क्षेत्रलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय रूपमा चिनाउन प्रयत्न गरिरहनुपर्ने धारणा राख्नुभयो ।

    मुख्यमन्त्री शाहले टीकापुर प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले काम अगाडि बढाएको जानकारी समेत दिए । “ प्राविधिक विश्वविद्यालय स्थापनाको लागि सबैको सहयोग चाहिएको छ । सबैसँगै अगाडि नबढ्ने हो भने गन्तव्यमा पुग्न सकिदैन”, उहाँले भन्नुभयो ।

    मुख्यमन्त्री शाहले वीरेन्द्र विद्यामन्दिरले उत्पादन गरेको जनशक्तिलाई विद्यालयको विकासका लागि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। “विद्यालयको स्वर्णजयन्तीका लागि मेरो एक महिनाको पारिश्रमिक विद्यालयलाई दिने घोषणा गर्दछु । अन्य क्षेत्रमा आबद्धहरूले पनि यसैगरी सकेको सहयोग गरे आर्थिक अभाव हुँदैन”, उहाँले भन्नुभयो , “हरेक कामका लागि राज्यको मुख ताक्नुपर्ने स्थिति बनाइनु हुँदैन तर पनि सरकार हरेक काममा सहयोग र समन्वय गर्न तयार छ ।”

    वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीले आफ्नो स्थापनाको ५० औँ वर्षका अवसरमा आगामी फागुन ९ देखि ११ गतेसम्म स्वर्ण महोत्सव आयोजना गर्दैछ ।

     


    तेस्रो आँखा