• ट्रेण्डिङ्ग :
ढकिया बुन्ने प्रचलन हराउँदै

ढकिया बुन्ने प्रचलन हराउँदै


  • 3.8K
    SHARES
    • पौष ७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.8K Views

    ढकिया बुन्ने प्रचलन हराउँदै


    सैनामैना ७ पुस । ढकिया र थारु समुदाय एकअर्काका परिपुरक जस्तै छन् । विहे पूजा होस् वा मृत्यु संस्कार सबै काममा ढकियाको प्रयोग हुन्छ । यसैले केही समय पहिलासम्म थारु समूदायका हरेक जसो महिलाले ढकिया बुन्थे । थरीथरीका ढकिया सजाएर धार्मिक र सांस्कृतिक कार्यक्रम गरिन्थ्यो । थारु परम्परार संस्कृतिसँग जोडिएको ढकीया बुन्ने परम्परा पछिल्लो समय भने हराउदै गएको छ ।

    images

    बुन्न धेरै दिन लाग्ने, लागत अनुसारको रकम नपाउने, त्यो पनि नगद रकम नपाउने भएपछि नयाँ पुस्ताले ढकिया बुन्न छोड्न थालेका हुन् । व्यवसायिक रुपमा ढकिया बुन्ने महिलाले पनि पछिल्लो समय काम छोडेका छन् । त्यसमध्येकी हुन्, सैनामैना २ की १९ वार्षिय सिमरन थारु । उनले ढकिया बुनेर आत्मनिर्भर बन्न नसक्ने देखेपछि अन्य पेशा अँगालेको बताउँछिन् । उनले हजुरआमा र आमालाई देखेर आफूलाई पनि ढकीया बुन्ने रहर जागेर ढकिया बुन्न सिकेकी थिइन् । तर, समय धेरै लाग्ने र भनेअनुसार रकमनपाउने गरपछि अहिले छोडेकी छिन् । उनी भन्छिन्, “एउटा ढकिया बनाउन कम्तिमा ३ देखि ४ दिनसम्म लाग्छ, भने त्यसको मूल्य ५ सय देखि १ हजार पर्ने गर्छ । समय र मेहेनत धेरै लाग्छ । बेच्ने मूल्यकम पर्नले पनि यो सीप सिकेर उपयोग गर्न सकिन ।”

    सिमरन ढकिया बुनेर मात्रै आम्दानीको स्रोत नबनेपछि अन्य सीप र पेशातर्फ अर्कषित भएको बताउँछिन् । १२ कक्षासम्म अध्ययन गरेकी उनले आर्थिक उपार्जनका लागि कपडा सिलाउने काम गर्छिन् । वनमा पाइने वनस्पति र मुजा घाँसको प्रयोगबाट कलात्मक रुपमा रङ्गीचङ्गी बनाएर ढकीय निर्माण गरिन्छ । कम लगानी र सिमित स्रोत साधानबाट सिर्जनात्मक रुपमा बनाइने ढकीयालाई व्यवसायीकता दिन जरुरी रहेको सैनामैनाकै फुलकुमारी थारुले बताउँछिन् । “एउटा ढकीया बनाउन लाग्ने समय र मेहेनतअनुसार मूल्य र बजार नपाएर पनि ढकीया बुन्न मन नलाग्ने उनी सुनाउँछिन्।” बरु दैनिकी ६ सय रुपैँया लेभर मजदुरी गरेर दैनिकी टार्न सकिन्छ,तर ढकीया बुनेर छाक टार्न नसकिने उनको भनाइ छ ।  

    “एउटा ढकीया तयार गर्न कम्तिमा ३ दिन लाग्छ, निर्माण भएको ढकीया कसले किन्ने ?ग्राहक भेटिए पनिकम पैँसामा माग्छन्, त्यसकारण त्यति लामो समय र मेहेनत गर्नुभन्दा बरु मजदुरी गरेर जितिन्छ भन्दै लेबर कामगर्दै आएँ ।”फुलकुमारीले भनिन् । पहिला बजारमा भाडाहरु नहुदा घरायसी कामका लागि पनि ढकीया बनाउनु पर्ने बाध्यता थियो । अहिले त्यो अवस्था छैन । आर्थिक पक्षबलियो बनाउन पालिकाले यस्ता खालका सीपहरुलाई अर्थसँग जोड्दै व्यवसायिक बनाएर लैजानुपर्ने उनले भनाइ राखिन् ।

    परम्परा र सस्कृति प्रतिको मोहले रकम कम भएपनि केहीथारु महिलाले ढकिया बुन्ने परम्परा छोड्न सकेका छैनन् । रुपन्देहीको सैनामैना निवासी पार्वती थारु फुर्सदको समयलाई उपयोग गर्न पार्वती बिहान बेलुकाको घरायसीकाम सक्काएर दैनिकी ढकीयाँ बनाउने काममा बिताउछिन । फुर्सदको समयमा उनी हरेक वर्ष ढकीया, मौनी, डेलुवा लगायतका सामाग्री बुन्ने काम गर्छिन् । थारु समुदायमा ढकीया घरायासी कामसँगै विवाह, पुजा र शुभकार्यमा दानदिने प्रचलन छ । उनी भन्छिन्- पैसा त हुदैन तर छोड्न सकेकी छैन । सानो उमेरमा आमाहरुलाई ढकीया बुनेको देख्दाँ देख्दै सिकेको हु, छोरी मान्छे पढ्न हुदैँन धरायासी काम सिक्न सक्ने राम्रो घरबार मिल्ने भन्दै परिवारमा खेतीपाती, ढकीया बुन्ने लगायतका काम गर्न लगाइन्थ्यो, त्यही काम सँगसँगै थारु समुदायको परम्परागत ढकीया बनाउने सीप आफूले पनि सिकेको हो ।,

    पार्वतीले फुर्सदको समयमा बुनेको ढकीया आफन्त छोरीचेलीहरुको बिवाह र पुजामादिने र आवश्यकता परेकालाई बेच्ने गरेको बताइन् । ,नगदनहुने भएपटि हामीले गरेपनि युवती छोरीबुहारीले ढकीया बुन्ने काम गर्न समस्या छ-उनले भनिन् । सैनामैना–४ बस्ने दासियाथारु उमेरले ७५ वर्षकी भइन् । उनले आफू ७वर्षको हुदाँबाट ढकीया बुन्दै आएको बताइन् । उनी भन्छिन्, “म सानोहुदाँ हजुरआमाले ढकीया बुन्नलाग्दा हेरेर बस्थे, कति बेला हजुर आमा ओझेल हुन्छिन अनि म बुन्छु भन्दै कुरेर बस्ने गर्थे । कहिले काँही त बिगार्ने पनि गर्थे जसले गर्दा गाली र पिटाईसम्म खाए । उनले विगतलाई सम्झीदै भनिन् उ बेला, गाईभैँसी चराउन जदाँ पनि ढकीया बुन्ने गरिथ्यो । दिउँसोमा साथीहरु गाउँको बगियामा बसेर ढकीया बनाउने प्रतिस्पर्धा नै हुन्थ्यो कसले छिटो र कति राम्रो बनाउने ।

    पहिले पहिले अहिलेको जस्तो सामान राख्नलाई प्लाष्टिकका भाडाहरु हुदैनथे, घरको सरसामान राख्न, अन्नपात राख्न, विवाहमा छोरी चेलीलाई दाइजो दिन समेत ढकीया काम लाग्छ । घरायासी कामकाज सक्काएर दिउँसाको समयमा थरी थरी आकार र डिजाइका ढकीया बनाउँने गर्थे । थारुको पहिचानसँग जोडिएको ढकीया अहिले हराउने अवस्थामा आउँदा चिन्ता लाग्ने पाकामहिलाहरु बताउछन् । अहिलेका नयाँ पुस्ताका युवतीले यो सीपलाई अँगालेको देखिदैँन, युवा पुस्ताले थारु संस्कार संस्कृति सँगै परम्परागत सीप अँगाल्न र संरक्षण गर्न जरुरी रहेको पाकाहरु बताउछन् ।

    थारु समुदायमा पछिल्लो समय ढकिया बनाउने परम्परागत सीप हराउँदै गएको थारु अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । नयाँ पुस्ताले ढकिया बुन्ने सीप नअँगाल्दा लोप हुने अवस्थामा आएको थारु अगुवा खुशीराम चौधरी बताए । ढकिया थारु समुदायको पहिचान सँग जोडिएको छ उनले भने तर पछिल्लो समय थारु युवापुस्तामा ढकिया पेश तर्फ त्यति चासो र चिन्ता नदिँदा लोप हुने अवस्थामा पुगेको छ ।

    पछिल्लो समयनयाँ पुस्ताशिक्षा र प्रविधितर्फ मात्र आर्कषण देखिएकाले थारु समुदायको पहिचान र अस्तित्वका लागि पनि यो सीपलाई संरक्षण गर्न ध्यान दिनुपर्ने उनको भनाई छ । यो सीपलाई हस्तान्त्रण गर्न नसके ढकीय र थारु परम्परागत सामाग्रीहरु पनि हराएर जान्छ उनले भने, थारु समुदायको पहिचान नै बोलीभाषा, खानपान, पहिरन, परम्परागत पेश सीप हुन् यी कुरालाई जोगाउन नसके थारु पनि हराएर जानेछ ।  

    जबसम्म पुराना पुस्ता रहन्छन् तब सम्म ढकिया रहन्छ, पुरानो पुस्ता सकिए ढकिया पनि हराउँछ कि भन्ने चिन्ता सताउने गरेकाले थारु अगुवा राम कृपालथारुको भनाई छ । खाली समयको सदुपयोग गरेर अर्र्कषक खालका हस्तकला समाग्रीहरु थारु महिलाहरु बनाउने गर्थे, ती समाग्री घरायसी कामकाज र पुजाविवाहमा पनि दान र उपहार स्वरुप प्रदान गरिन्थ्यो तर पछिल्लो समय ढकीया बनाउने चलन नै लोप हुने अवस्थामा छ । पुजाआजा, शुभाकार्य, विवाहमा दाइजो तथा मृत्यु वरणको बेलादानका सामान राखेर ढकीया दिने थारु समुदायको चलन छ तर यी परम्परा विस्तारै हराउँदै गएको छ । पुराना पुस्ताले मात्रयी र यस्ता परम्परालाई निरन्तरतादिएका छन् भने आजकानयाँ पुस्ताले आधुनिक जिवशैलीलाई अँगाल्दै थारु संस्कार संस्कृती भुल्दै गएका छन् जुनथारु समुदायको महिलाले हस्तकला सीपलाई प्रयोग गरि ढकीया बनाउने कार्य उनीहरुको परम्परागत सीप हो र यसको संरक्षणका लागि समुदाय नै अग्रसर भएर लाग्नुपर्छ ।

    सजावटका लागिमात्र नभएर व्यवसायीकता तर्फ लैजान तीनैतहको सरकारले विशेष महत्वका साथ र्हेनुपर्ने हुन्छ । नयाँ पुस्तालाई स्थानीय र प्रदेश सरकारले ढकिया बनाउने तालिम प्रदान गर्नुपर्ने बताए । तालिमबाट उत्पादित सामाग्रीहरुलाई पालिका र प्रदेश सरकारले बजारीकरण गरेर व्यवसायी बनाउन तर्फ लाग्नुपर्ने छ जसले पेशाको संरक्षण पनि हुन्छ भने आम्दानीको स्रोत बनी अत्मनिर्भरता पनि बढ्ने हुनाले यसतर्फ ध्यान दिन आग्रह गरे । तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवी चौधरीले थारु समुदायको संस्कार संस्कृति संरक्षण र प्रबद्र्धन गर्न थारु उत्थानविकास कार्यक्रम शिर्षक छुट्टाएर हरेक वर्ष १० लाख बजेट विनियोजन गरि कार्यक्रम गर्दै आएको बताइन् ।

    आफू उपमेयरमा निर्वाचित भैसके पछि थारु समुदायको पहिचानसँग जोडिएको ढकीया बनाउने तालिम, थारु संस्कृतिक संग्रहलय, थारु झुमडा नाच, मयुर नाच, मनारा बजाउने तालिम, लोपोन्मुख सोराठी विवाहको नाचलाई जर्गेनाको लागिबजेट छुट्टाएर नयाँ युवायुवातीलाई सिकाउने काम गरिदै आएको जानकारी गराइन् । उनकाअनुसार महिलाहरुलाई व्यवसायीक र आर्थिक रुपमा सबल बनाउन युवातीहरुलाई ढकीया बनाउने तालिम पनि संचालन गरिएको छ । पालिकाले स्थानीय स्तरमा उत्पादन गर्ने सामाग्रीहरुलाई किनिदिने व्यवस्था गरेपनि सोचे जस्तो प्रतिफल आउन नसकेको गुनासो गरिन् । महिला दिदिबाहिनीहरुले सीप सिकेर व्यवसायीक बन्न नसक्नु दुख रहेको बताइन् । ढकीय बनाउन बढी समयलाग्ने र अन्य काम गर्दा छिटो पैँसा पाउने हुनाले पनि यस सीपतर्फ त्यति ध्यान र अर्कषित नभएको हो कि उनको भनाई छ ।

    थारु समुदायको परम्परा र सँस्कृतिको जर्गेना गर्न घर परिवार र समुदायबाट नै आउँदो पिढीलाई सिकाउन जरुरी रहेको शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरीले जानकारी गराइन् । थारु समुदायका परम्परागत वस्तुहरुलाई संकलन गरि शिवराजमा थारु संग्राहलय बनाइएको बताउँदै त्यहाँआउने नयाँ पुस्ताले आफ्नो समुदायको पुरात्विक चिज वस्तुको अवलोकन गरि जानकार बनेका छन् । उनकाअनुसार थारु महिलाहरुलाई आयआर्जनमा सक्षम बनाउन पालिका भित्रका युवातीहरुलाई ढकीया बनाउने हस्तकला सीप सिकाइएको छ । उनीहरुले उत्पादन गरेका सामाग्रीहरुलाई खरिद गरि पालिकामा आउने अतिथिहरुलाई उपहार स्वरुप ढकीया मौनी दिइने गरेका छौँ । 

    सैनामैना नगरपालिकाका उपप्रमुख विना रानाले महिलाहरुलाई आत्मनिर्भर बनाउन वर्षेनी उपप्रमुखसँग महिला कार्यक्रम अन्र्तगत महिला दिदी बाहिनीठहरुका लागि विभिन्न सीपमूलक तालिम दिदै आएको बताए । नगरभित्रका महिलाहरुलाई सक्षम र आर्थिक रुपमा सबल बनाउन महिलासँग उपप्रमुख कार्यक्रमअन्र्तगत रहेर सिलाईकटाई, बुटिक, व्युटिसियन, अचार, फुल्की बनाउने तालिम, थकालबाट हस्तकलाका सामाग्री बनाउने तालिम दिदैँ आएका छौँ । उनले भनिन्, वडाबाट महिलाहरुको मागको आधारमा तालिम संचालन गरेका छौ, सीप सिकेर व्यवसायी बन्ने महिलाहरुका लागि अनुदानमा मेसिन लगायतका समान पनि वितरण गरिएको छ । साथै उनले तालिमबाट सीप सिकेर उत्पादन गरेका वस्तुहरुलाई विक्रि वितरण गर्न सहजहोस् भन्ने हेतुले सैनामैना–१० मा कोशेलीघर निर्माण गर्ने योजना रहेको सुनाइन् । स्थानीय स्तरमा उत्पादित सामानलाई संकलन गरि कोशेली घरमा राख्ने जसले बजारमा पु¥याउनर ती वस्तुहरुलाई एकमुष्ट बेच्न सहज हुनेछ ।

    कोशेली घर निर्माणका लागि यस आर्थिक वर्ष २० लाख बजेट विनियोजन गरिएको छ र निर्माण कार्य छिट्टै सुरु हुने उपमेयर रानाले जानकारी गराइन् । थारु समुदायको पहिचान सँग जोडिएको ढकीया बनाउने परम्परागत थारु सीपलाई जोगाउन पालिकाले आवश्यक पहल गर्ने बताइन् । उनकाअनुसार थारु समुदायको संस्कृतिलाई संरक्षण, डिउहार, उज्यालो थारु गाउँ, ऐतिहासिक थारु बड्का नाचलाई संरक्षण गर्न बजेट विनियोजन गरिदै आएको छ । र यस आर्थिक वर्ष थारु समुदायको मौलिक बाजा मनारा बजाउने बाजा संरक्षणका लागि तालिम संचालन गरिने जानकारी गराईन् ।


    अनिता चौधरी
    लेखकबाट थप