• ट्रेण्डिङ्ग :
अबको निर्वाचनमा कैलालीबाट उम्मेदवार बन्छु : आरजु

अबको निर्वाचनमा कैलालीबाट उम्मेदवार बन्छु : आरजु


  • 2.1K
    SHARES
    • पौष १३, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.3K Views

    अबको निर्वाचनमा कैलालीबाट उम्मेदवार बन्छु : आरजु

    कैलाली १३ पुस। नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले अबको निर्वाचनमा कैलालीबाट उम्मेदवार बन्ने बताएकी छिन् । 

    images

    शनिबार बिहान कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले कैलालीबाटै चुनाव लड्ने बताएकी हुन् । ‘म यहाँ आएर चुनाव लडेकी थिएँ,’ उनले भनिन्, ‘तपाईँहरू सबैले त्यो बेला पनि सहयोग गर्नुभएको हो । प्राविधिक कारणले हारियो । फेरि पनि यहीँ आएर चुनाव लड्ने मेरो विचार छ ।’

    २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राणा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा निर्वाचन लडेकी थिइन् । त्यसबेला राणा एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन् । मन्त्री राणाले आपसी विवादमा नअल्झिन कार्यकर्तालाई निर्देशन पनि दिइन् । देश बनाउन दुई ठूला दल मिलेको उनको भनाइ छ ।


    तेस्रो आँखा