• ट्रेण्डिङ्ग :
बैतडी केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

बैतडी केन्द्रविन्दु बनाएर भूकम्पको धक्का


  • 2.0K
    SHARES
    • पौष १६, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.1K Views

    बैतडी केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

    काठमाडौं, १६ पुस । बैतडीको सिगास केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ । मंगलबार बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    images

    केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । 

    थप विवरण संकलन हुन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ । विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ । 


    तेस्रो आँखा