पौष २०, परिवर्तन गाउपालीका रोल्पा,
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रोल्पा जिल्ला परिवर्तन गाउपालीकाको प्रथम पालीका भेला शनिबार गाउपालीकाको केन्द्र पुतलाचौरमा सम्पन्न भएको छ। उक्त भेलाले गण बहादुर खत्रीको अध्यक्षतामा ११ सदस्यीय पालीका समिति सर्वसम्मत रुपमा चयन गरेको छ । पालीका समितिको उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः श्याम बि.क., झलक बुढा मगर, भिम कुमारी डाङ्गी र एस बि घर्तीमगर रहनु भएको छ। उक्त भेलाको प्रमुख अतिथि रास्वपाका रोल्पा जिल्ला सदस्य तथा क्षेत्र न. २ का इन्चार्ज बल बहादुर बुढा मगर रहनु भएको थियो। भेलाले रोल्पा जिल्लाको परिवर्तन गाउपालीकाको सबै वडामा संगठन ब्यापक रुपमा बिस्तार गर्ने निर्णय गरेको छ। पछिल्लो चरणमा रास्वपाले देशभरि आफ्नो संगठनलाइ ब्यापक बनाउदै लगेको छ। यसै बीच रास्वपा परिवर्तन गाउपालीका रोल्पाको प्रथम बैठक पनि पालिकाको केन्द्र पुतलाचौरमा सम्पन्न भएको छ । बैठकले पार्टीको आगामी कार्य योजना समेत पारित गरेको पालीका सभापति खत्रीले जानकारी दिनु भयो।
सुर्य घर्ती मगर
