• ट्रेण्डिङ्ग :
सातदोबाटोस्थित अवैध कल सेन्टरमा छापा : ५३ जना नियन्त्रण

सातदोबाटोस्थित अवैध कल सेन्टरमा छापा : ५३ जना नियन्त्रण


  • 5.8K
    SHARES
    • पौष २३, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 9.0K Views

    सातदोबाटोस्थित अवैध कल सेन्टरमा छापा : ५३ जना नियन्त्रण

    काठमाडौं २३ पुस । ललितपुरको सातदोबाटोमा सञ्चालन भइरहेको अवैध कल सेन्टरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा मारी ५३ जनालाई नियन्त्रणमा लिएको छ ।

    images

    प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाको नेतृत्वमा गएको टोलीले सोमबार राति छापा मारेको हो । सीआईबीकाअनुसार पक्राउ पर्नेमा दुई जना भारतीय नागरिकसहित बाँकी सबै नेपाली छन् । छापामार्ने क्रममा ८५ वटा ल्याप्टप र ८२ वटा मोबाइल जफत गरिएको छ ।

    प्रारम्भिक अनुसन्धानले उक्त कल सेन्टरबाट अनलाइन जुवा र अन्य अवैध गतिविधि सञ्चालन भइरहेको खुलासा भएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी रहेको छ । अब अदालतबाट म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ । फाइल फोटो 

     


    तेस्रो आँखा