• ट्रेण्डिङ्ग :
ड्युटीकै क्रममा बेहोस भएका प्रहरी सहायक हवल्दार पालीको मृत्यु

ड्युटीकै क्रममा बेहोस भएका प्रहरी सहायक हवल्दार पालीको मृत्यु


  • 2.5K
    SHARES
    • पौष २४, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.8K Views

    ड्युटीकै क्रममा बेहोस भएका प्रहरी सहायक हवल्दार पालीको मृत्यु

    काठमाडौं २४ पुस । इलाका प्रहरी कार्यालय बीपीनगर डोटीमा कार्यरत एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । ड्युटीमा खटिएका बेला बेहोस भएका सहायक हवल्दार बहादुर सिंह पालीको मृत्यु भएको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बेहोस भएको पालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका–५ रूपाल ३६ वर्षीय पाली बुधबार बिहान ड्युटीको क्रममा एक्कासी छाती दुखेर बेहोस भएका थिए ।

    उनलाई तत्कालै स्थानीय बिपिनगर पोलिक्लिनिकमा उपचारका लागि पुर्‍याइएको थियो । सामान्य जाँचपछि थप उपचारको लागि बिहान ४ बजे सेती प्रादेशिक अस्पताल धनगढीमा रिफर गरिएको थियो । अस्पतालले पालीलाई बुधबार बिहा पौने ७ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक विनोद शर्माले जानकारी दिए । उनी बिहान ३ बजेदेख ६ बजेसम्मको कार्यालय ड्युटीमा रहेको बताइएको छ । 


    तेस्रो आँखा