ईश्वर तिमि कति दयालु छौ समर्पित तिमिमा हुनु छ
विसर्जन विलय
पारसको संसर्गमा फलाम जाँदा उस्तै नबन्ला सुन बन्छ
संगितकारको समिपमा जाँदा ढ्याङ्रो पनि धुन बन्छ
ज्ञाणीको उपदेशले महामुर्ख पनि कालीदास
बन्छ
स्वयंलाई पहिचान गरि सत्कर्मले सार्थक जीवन बन्छ
कामना मात्रले उद्देश्य पुर्ण हुँदैन अमुल्य समय बर्बाद
मोह बासना अति गर्दा क्षति महत्त्वपूर्ण उर्जा को बर्बाद
क्रोध अग्निले भरिएको मन- मस्तिष्क सारहीन देख्छ संसार
ईश्वरको लक्ष्य पहिल्यै अगाडि बढौं स्वर्ग झैं
घर अनि संसार
जप ध्यान योगबलले तन-मन राखौं संधै संयमित
समर्पण भाव द्बारा कर्म गर्दा बोली बन्छ सुन्दर गीत
मन विचार सधैं सकारात्मक श्रेष्ठ बनाइ राखौं
कर्मफल सबैले भोग्नु पर्छ सतर्कता सधैं अपनाइ राखौं
संक्रमनकाल कलियुगको तिव्रगतीमा दौडमा छ गाउँ- शहर
नुन- रोटीमा दिन काटिन्छ पिडामा बस्ने कस्को हुन्छ र रहर
ब्रह्माको सृष्टिमा विष्णु पालन कर्ता सुखदुःख महेश सारथी
समर्पित भइ भगवानमा भक्ती सधैं लागोस् गरौं हामी आरती
श्रीराम दहित
