• ट्रेण्डिङ्ग :
सभापतिको निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन

सभापतिको निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन


  • 2.9K
    SHARES
    • माघ ६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.4K Views

    सभापतिको निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन

    धनगढी, माघ ६ । सुदूरपश्चिम प्रदेश सभाअन्तर्गतको विषयगत समितिका सभापतिहरुको निर्वाचन कार्यतालिका प्रकाशन गर्न सभामुख भीमबहादुर भण्डारीले निर्देशन दिनुभएको छ । 

    images

    आइतबार बसेको प्रदेश सभा बैठकमा उहाँले प्रदेश सभा सचिवालयका सचिवलाई निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन दिनुभएको हो । प्रदेश सभाअन्तर्गतका सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापतिको पद रिक्त छ । यसअघि, सभापतिको निर्वाचन घोषणा गरिए पनि दलहरुबिच सहमति हुन नसकेपछि निर्वाचन स्थगित गरिएको थियो । 

    सभामुख भण्डारीले स्थगित निर्वाचन प्रक्रिया सुचारु हुने गरी निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन दिनुभएको छ । 

    यस्तै, चार महिनापछि आज बसेको प्रदेश सभा बैठकमा विशेष समयमा बोल्दै दलका नेताहरुले प्रदेश सरकारको औचित्य हुने गरी काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ । विशेष समयमा नेपाली कांग्रेसका मुख्य सचेतक विक्रमसिंह धामी, नेकपा (एमाले) को संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नेकपा (माओवादी केन्द्र) का नेता मानबहादुर धामी, नागरिक उन्मुक्ति पार्टीका मुख्य सचेतक रामेश्वर चौधरीले बोल्नुभएको थियो । 

    यसैगरी, नेकपा (एकीकृत समाजवादी) को दलका नेता प्रकाश रावल, राप्रपाको दलका नेता खेमादेवी विष्ट र स्वतन्त्र प्रदेश सभा सदस्य ताराप्रसाद जोशी बोल्नुभएको थियो । 


    तेस्रो आँखा