• ट्रेण्डिङ्ग :
तटबन्ध निर्माणसँगै जग्गाधनी आन्दोलित

तटबन्ध निर्माणसँगै जग्गाधनी आन्दोलित


  • 2.8K
    SHARES
    • माघ १०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.3K Views

    तटबन्ध निर्माणसँगै जग्गाधनी आन्दोलित

    सिन्धुली, माघ १० । राष्ट्रिय गौरबको सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत मरिण खोलामा तटबन्ध निर्माण सुरुसँगै जग्गाधनीहरु आन्दोलित बनेका छन् ।

    images

    आयोजनाले पहिले खोलाको बहाव क्षेत्रमा तटबन्ध नगरी हाल खोला हिडिरहेको जग्गाधनीको जग्गामा तटबन्ध सुरु गरेपछि आफुहरु आन्दोलित हुनु परेको जग्गाधनीहरुको गुनासो छ । आयोजनाले सुनकोसी नदीको पानी सुरुङमार्फत मरिण खोलामा मिसाउदा मरिण क्षेत्रको उर्बर जमिन डुबान र कटानमा पर्ने भएकाले दुबै किनारमा तटबन्ध निर्माण थालेको छ ।

    हाल मरिण खोला बगिरहेको क्षेत्रलाई आधारमानी तटबन्ध गर्दा आफुहरु सुकुम्वासी हुने भन्दै आयोजना प्रभावित क्षेत्रका किसानले पहिलेको खोला हिडे९नक्सा अनुसार०को ठाँउ अनुसार तटबन्ध निर्माणको माग गर्दैै सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय, जिल्ला प्रशासन कार्यालय, कमलामाई नगरपालिका कार्यालय र सम्बन्धित वडा कार्यालयमा निवेदन दर्ता गराएका छन् ।

    कमलामाई नगरपालिका–१ निवासी किसान नरेश ढकाल नक्सा अनुसार पहिले खोला हिँडेको ठाउँमा तटबन्ध निर्माणको माग गर्दै आफुहरु आन्दोलित हुनु परेको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘‘हामीहरु विकास विरोधी होइनौं । नक्सा अनुसार पहिले खोला हिँडेको ठाउँमा खेत बिराएर अर्काले बाली लगाएर उपभोग गरी रहेको छ । अहिले खोला बगि रहेको ठाउँमा हामीले बर्सेनि कर९तिरो० तिरि रहेका छौं ।’’

    नक्सा अनुसार खोला हिँडेको ठाउँलाई आधार मानी तटबन्ध निर्माण गर्नुपर्ने स्थानीय किसानको माग रहेको उहाँले जानकारी दिनुभयो । ‘‘अहिले खोलो बगेको ठाउँलाई अधारमानी तटबन्ध निर्माण गर्दा दुईरतीन बिघाका मालिक रहेका किसान पनि सुकुम्वासी हुने अवस्था आएको छ,’’ उहाँले भन्नुभयो, ‘‘नक्सा अनुसार खोलाको भाग छुट्याएर तटबन्ध निर्माण गरौं । नपुगे खोलाको दुबै किनारबाट सबैलाई न्याय हुने गरी तटबन्ध गरौ भन्ने मात्र हाम्रो माग हो ।’’

    सोही ठाँउका अर्का किसान प्रतिमान बम्जनले आयोजनाले जबर्जस्ती काम गरे पीडित किसान न्यायको माग गर्दै सर्वोच्च अदालतसम्म जाते तयारी गरिरहेको बताउनुहुन्छ । आयोजनाले तटबन्ध निर्माणका लागि प्रभावित क्षेत्रमा किसानको जग्गामा रोतो रिबन बाँधेर किला ठोकेर रेखाङ्कन गरेको र ती किला पीडित किसानले उखेलेर फ्याल्देको उहाँले बताउनुभयो ।

    ‘‘आयोजना आयो, हामीलाई धेरै खुसी लोगेको छ,’’ उहाँले भन्नुभयो, ‘‘यो आयोजना पहिले नै आउनु पदर्थ्यो, ढिला आयो । तर आयोजनाको काम सुरु भएसँगै आफुहरु सुकुम्बासी हुने भएपछि आन्दोलित हुन परेको हो ।’’

    सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका अनुसार सुनकोसीको पानी मरिण खोलामा खस्ने कुसुमटारदेखि बागमती नदीसम्म मरिण खोलाको बहाब क्षेत्र करिब ४० किलो मिटर लम्बाईमा छ प्याकेजमा दुबै किनारामा तटबन्ध सुरु भएको छ ।

    गत वर्ष पहिलो प्याकेजअन्तर्गत दुई किलो मिटर तटबन्ध गर्न काम सुरु भइसकेको छ । हाल दोस्रो प्याकेजअन्तर्गत छ किलो मिटर तटबन्ध गर्ने तयारी भइरहेको छ सुुनकोसी नदीको पानी मरिण खोलामा मिसाउदा डुबान र कटान हुने क्षेत्र पहिचान गरी त्यहा तटबन्ध गरेर जग्गाको सुरक्षा गर्न लागिएको आयोजनाले जनाएको छ ।

    आयोजना प्रमुख बद्रि कार्कीले संबेदनशिल क्षेत्र पहिचार गरी ती ठाँउमा तटबन्ध निर्माणको काम अघि बेढेको उहाँले बताउनुभयो । तटबन्ध निर्माण कार्य पनि स्थानीय समुदायको सहमतिमा वरपर सार्न सकिने उहाँले स्पष्ट पार्नुभयो ।

    पहिलो प्याकेज जयमा स्वर्गद्वारी–शिद्धकाली–कालिका भगवति जेभि निर्माण कम्पनिसँग सम्झौता भई निर्माण कार्य सुरु भएको र उक्त कार्य मूल्य अभिवृद्धि करसहित सात करोड १३ लाख ४७ हजार ३९१ रुपियामा ठेक्का सम्झौता आयोजनाले जनाएको छ ।

    दोस्रो प्याकेजका लागि स्रोत सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयमा फाईल गएको र स्रोस सुनिश्चित भएपछि यो वर्ष ठेक्का सम्झौता हुने आयोजना प्रमुख कार्कीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सुनकोसी तथा तामाकोसीको दोभानभन्दा नौ सय मिटर तल सुनकोसी नदीमा करिब ३० मिटर आग्लो र  एक सय ५८ मिटर  लामो बाध निर्माण गरी पानी बग्ने ५ दशमलब ५ डायमिटरको १३ दशमलब तीन किलो मिटर लामो सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कुसुमटार स्थित मरिणखोलामा खसालीने योजना छ ।

    उक्त आयोजनाअन्तर्गत ३१ दशमलब सात मेघावाट विद्युत उत्पादन गर्ने र सुनकोसी नदीको पानीलाई बागमती सिँचाई आयोजनामा पुर्‍याइ तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर जमिनमा वर्षभरी नै सिँचाई सुविधा पुर्‍याउने मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ ।


    तेस्रो आँखा