• ट्रेण्डिङ्ग :
दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


  • 2.8K
    SHARES
    • माघ ११, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.4K Views

    दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं, माघ ११ । बीपी कोइराला मेमोरियल क्यानसर अस्पताल, भरतपुर, चितवनमा प्रशासनतर्फ वरिष्ठ सहायक पदमा कार्यरत कमला अधिकारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार अधिकारीले वरिष्ठ सहायक पदमा बढुवा प्रयोजनका लागि प्रमाणपत्र तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी पदोन्नति भएको पाइएको छ ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम निजविरुद्ध कैद र जरिवाना सजाय हुन मागदाबी लिइ शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

    यसैगरी, चितवनको भरतपुर नगरपालिका वडा नं। २६ बस्ने नन्दलाल पौडेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    आयोगका अनुसार सरकारी साक्षीका रुपमा पेस गरिएका पौडेलले सञ्चालन गरेको ‘ए प्लस मेडिको’ बाट बीपी कोइराला मेमोरियल क्यानसर अस्पताल, भरतपुरमा औषधी सप्लाई गरेबापत प्राप्त गर्नुपर्ने भुक्तानी रकम प्राप्त गर्नका लागि प्रतिवादी अमृता कोइरालालाई एक लाख ५० हजार रुपियाँ नगद र चेक चार लाख ५० हजार रुपियाँ गरी ६ जम्मन ६ लाख रुपियाँ घुस दिएका हुन् ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम पौडेलललाई जरिवाना हुन एवम् प्रतिवादी अमृता कोइरालाले लिइसकेको घुस रकम ६ लाख रुपियाँ बिगो समेत जफत हुन मागदाबी लिइ शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।


    तेस्रो आँखा