• ट्रेण्डिङ्ग :
नेपालमा पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम?

नेपालमा पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम?


  • 2.7K
    SHARES
    • माघ १३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.1K Views

    नेपालमा पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम?

    काठमाडौं, १३ माघ । आइतबार देशभरको मौसम सामान्यतया सफा रहने भएको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि मौसम सफा रहने भएको हो ।

    images

    कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

    दिउसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहने छ ।

    बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


    तेस्रो आँखा