आमा
तिमीले जीवन भरी
आफ्नो सबै उर्जा खर्चेर डोर्यायौ ।
गर्भ देखिनै मलाई
मेरो लागि आफ्नो खुशी छाडी
कठिन भन्दा कठिन समय काट्यौ
कति रात निद्रा बिना नै बिते
आँखा चिम्म नपारी छर्लङ्ग उज्यालो पार्याै
मलाई हुर्काउने
तिम्रो कलाकारिताको
म एउटा प्रतीक मात्रै हुँ
तिम्रो बिराम हीन जीवनको
म त एउटा पुजारी मात्रै हुँ ।
पर्याप्त माया गाभिएको तिम्रो अनुभूति
स्पर्श गर्ने हातहरु मेरा तिमीले नै दिएका हुन् संघर्ष गरी बाँच्नु नै पर्छ
यो टेकिरहेको माटोमा भन्दै
अर्ति पनि दिएकै हौ तिमीले
न हिडनु है भनी कहिले कु बाटोमा ।
माया र ममताको फूलबारीमा
मलजल गरी हुर्काएकी मलाई
फुलाउने फक्राउने धेरै प्रयास गर्याै
फुल्न सकेँ सकिन म जान्दिन
तिमीले सोचेको फूल भइ
तिम्रो फूलबारीमा आमा ।
तिमीले सिकाएका संस्कारका पाठहरू
सधैँ दोहोर्याउँछु।
तिम्रो आदर्शवादी भावनालाई
म सधैँ दोहोर्याउने ।
माधव सुबेदी
