काठमाडौं, १५ माघ । निरन्तर तीन कारोबार दिन घटेको नेप्से साताको तेस्रो कारोवार दिन अर्थात मंगलवार भने बढेको छ । बिहीवारदेखि घट्दै गएको सेयर बजारमा मंगलवार २४.५० अंकले नेप्से बढेर दुई हजार ६५७.७७ बिन्दुमा बजार बन्द भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स ३.१९, फ्लट इन्डेक्स १.६५ र सेन्सेटिभ फ्लट इन्डेक्स १.१४ अंकले बढेको छ भने १३ वटै उप-समूहमा हरियाली देखिएको छ । सर्वाधिक विकास बैंकको शेयरमा ४.०७ प्रतिशतको उछाल देखिएको छ ।
मंगलवार नेप्सेसँगै कारोवार रकम पनि बढेको छ । सोमवार आठ अर्ब ९२ करोडको शेयर कारोवार भएकोमा आज ९ अर्ब ४० करोड रुपैयाँ बराबरको १ करोड ९६ लाख ८० हजार १९५ कित्ता शेयर खरिद-बिक्री भएको छ ।
यसैगरी, आज कारोवारमा आएका २४३ कम्पनीमध्ये १७७ कम्पनीको शेयरमूल्य उचालिँदा ६० कम्पनीका लगानीकर्ताले गुमाएका छन् । बाँकी ६ कम्पनीको शेयर स्थिर देखिएको छ ।
उपकार लघुवित्त, सिकलेस हाइड्रोपावर, थ्रिस्टार हाइड्रोपावर र जानकी फाइनान्सको शेयरमा सर्किट लाग्दा न्यादी हाइड्रोपावरको ९.९९, सामुदायिक लघुवित्तको ९.९८ र सिन्धु विकास बैंकको ९.४७ प्रतिशतले शेयर मूल्य बढेको छ । आज डोल्टी पावरका लगानीकर्ताले सर्वाधिक ८.४३ प्रतिशतले गुमाएका छन्
