• ट्रेण्डिङ्ग :
टेक्सासको आस्टिनमा "नेपाल डे" परेड आयोजना हुदै

टेक्सासको आस्टिनमा "नेपाल डे" परेड आयोजना हुदै


  • 8.4K
    SHARES
    • फाल्गुण १, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 12.9K Views

    टेक्सासको आस्टिनमा "नेपाल डे" परेड आयोजना हुदै

    टेक्सासको राजधानी शाहर अस्टिनमा १६ फेब्रुअरी २०२५ तारिखका दिन “नेपाल डे परेड” को आयोजना हुँदै छ । परेड १६ फेब्रुअरी २०२५ आइत बार दिनको २:०० बजे देखी परेड शुरु हुने छ । ग्रेअटेर अस्टिन नेपाली समाज ( ज्ञान्स ) को नेतृत्वमा परेड डे को आयोजना हुन लागेको हो ।परेडमा ज्ञान्स सँगसंगै नेपलिज सोसाईटी टेक्सास, नेपलीज अशोसियसन अफ ह्युस्टन, सानआन्टानियो नेपलीज अशोसियसन,  नेपलीज सोसाईटी अफ लबक लगाएतका नेपाली समुदाए हरुको पनि सगभागिता हुने छ। परेडको लागी मिटिङ पोईन्ट 500 W Live Oaks St Hutto, TX 78634 तोकियको छ । ज्ञान्स अस्टिनमा बसोबास गर्ने नेपाली हरुले सन २०१३ मा स्थापना गरेको सामाजिक सस्था हो । ज्ञान्सले 1251 Co Rd 138, Hutto, TX 78634 आफ्नै सामुदायिक भवन निर्मान गरेको छ । सामुदायिक भवन संग संगै आफ्नो प्राङणमा श्री पशुपती नाथको मन्दिर पनि निर्मान गरेको छ ।

    images
    temple.jpg
    ज्ञान्सले आफ्नो प्रांगणमा निर्मान गरेको श्री पशुपतीनाथको मन्दिर 

    "नेपाल डे परेड”  मा लाखे नाँच, मयुर नाँच,पञ्चे बाजा, लगाएत झाँकी हरु प्रदशन गरिने छ। उक्त  दिन सबै लाई नेपाली भेषभुषामा उपस्थित हुन ज्ञान्सका अध्क्ष बिदुर खतिवडाले अनुरोध गर्नु भएको छ ।

     

    pared.jpg

     

    pared map.jpg
    "नेपाल डे"  परेड हुने रुट


    तेस्रो आँखा
    लेखकबाट थप