• ट्रेण्डिङ्ग :
बैतडीमा बेवारिसे शव फेला

बैतडीमा बेवारिसे शव फेला


  • 1.8K
    SHARES
    • फाल्गुण १, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 2.8K Views

    बैतडीमा बेवारिसे शव फेला

    बैतडी, फागुन १ । बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान जिल्लाको पाटन नगरपालिका ८ स्थित आरुबाटा भीरमा बेवारिसे अवस्थामा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।

    images

    बिहान विद्यार्थीहरुले भीरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी चौकी खोड्पेको टोली घटनास्थलमा खटिएको छ ।

    शव भीरमा रहेकाले निकाल्न नसकिएको खोडपे प्रहरी चौकीका इन्चार्ज उदय खडायतले बताउनुभयो ।

    शव निकाल्नका लागि इलाका प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ आइरहेको छ ।  उक्त शव कसको हो भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ ।


    तेस्रो आँखा