• ट्रेण्डिङ्ग :
बैतडीमा भिरबाट लडेर महिलाको मृत्यु

बैतडीमा भिरबाट लडेर महिलाको मृत्यु


  • 2.3K
    SHARES
    • फाल्गुण ४, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.5K Views

    बैतडीमा भिरबाट लडेर महिलाको मृत्यु

    बैतडी, फागुन ४ । घाँस काट्ने क्रममा भिरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ४ डबराली टाकका केशव सिंह महराकी श्रीमती २३ वर्षीया दिपा बोहरा महराको भिरबाट लडेर मृत्यु भएको हो । 

    images

    आइतबार दिउँसो २ बजेको समयमा सोही वडाको जयसिंया भिरबाट घाँस काट्ने क्रममा लडेर महराको घटनास्थलमै मृत्यु भएको मृतकका आफन्त एवं सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम सिंह महराले जानकारी दिनुभयो । 

    घाँस काट्ने क्रममा लडेकी महरा अन्दाजी तीन सय मिटर तल खस्नुभएको थियो । उहाँको टाउको र खुट्टामा गम्भिर चामेट लागेको घटनास्थलमा रहनुभएका स्थानीय प्रताप महराले बताउनुभयो । उहाँका अनुसार मृतक महराका श्रीमान रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ भने घरमा ८ महिने छोरा छन् ।


    तेस्रो आँखा