• ट्रेण्डिङ्ग :
परदेशीको पर्खाइमा गाउँबस्ती

परदेशीको पर्खाइमा गाउँबस्ती


  • 6.8K
    SHARES
    • फाल्गुण २५, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 10.4K Views

    परदेशीको पर्खाइमा गाउँबस्ती

    बाजुरा, फागुन २५ । बाजुराका अधिकांश गाउँबस्ती यतिबेला परदेशीको पर्खाइमा छन् । हिउँद लागेसँगै यहाँका अधिकांश युवकयुवती भारत पसेपछि ती गाउँबस्ती खाली हुँदै गएकाले उनीहरू फर्किने आसमा बसेका हुन् । यहाँका स्थानीय कात्तिकरमङ्सिरको हिउँदे खेती लगाउने र त्यसपछि कामको खोजीमा भारत जाने गर्दछन् ।

    images

    कामको खोजीमा हिउँदको महिना भारत गएका परदेशीको यतिखेर आफन्त तथा गाउँलेले प्रतीक्षा गरिरहेका छन् । धन कमाउन परदेसिएका घर नफर्किएपछि गाउँबस्ती खाली हुँदै गएको बुढीगङ्गा नगरपालिका स्थानीय ज्येष्ठ नागरिक कविता नेपालीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “दसैँको बेला सबै युवा घरमा आउँदा गाउँ निकै भरिभराउ भएका हुन् । दसैँ सकिएसँगै फेरि ती सबै कामको खोजीमा  धमाधम भारत गएपछि अहिले गाउँबस्ती खाली भएका हुन् ।” बाजुराका अधिकांश स्थानीय हिउँद र बर्खाको केही महिना घरमा बसे पनि त्यसपछि उनीहरू अन्य सबै महिना भारतमै बस्ने गर्दछन् । 

    यहाँका स्थानीयको कात्तिक मङ्सिरमा हिउँदे तथा असारमा बर्खा खेती लगाउन गाउँमा आउने र त्यसपछि फेरि कामको खोजीमा भारतमा जाने प्रचलन छ । नेपालको २०७८ सालको जनगणना अनुसार बाजुरामा २८ हजार ६४ घरधुरी छन् । अहिले यहाँका झन्डै ५० प्रतिशत घर खाली छन् । गाउँघरमा यसो हेर्दा यहाँका अधिकांश घरमा ठुला ताल झुन्डिएका छन् ।  


    तेस्रो आँखा