• ट्रेण्डिङ्ग :
डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते


  • 4.3K
    SHARES
    • चैत्र २७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.6K Views

    डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

    दिपायल, चैत्र २८ । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका ६ दल्लेखस्थित स्थानीयको लहरी नागरीको घरमा बुधवार राति चट्याङ परेको थियो ।

    images

    चट्याङ लागेर नागरीकी ३३ वर्षीया श्रीमती कमला नागरीकको मृत्यु भएको हो । सोही चट्याङमा परेर मृतक कमलाका ४ सन्तान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार नागरीकी १० वर्षीया छोरी तारा नागरी, ८ वर्षीय छोरा अविशेक नागरी, ६ वर्षीय छोरा अबि नागरी र ३ महिनाका छोरा शङ्कर नागरी घाइते भएका हुन् ।

     त्यस्तै सोही ठाउँका ४० वर्षीया महिला तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुसी नागरी घाइते भएका छन् ।

    घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पठाइएको एसपी शर्माले बताउनु भयो ।

     


    तेस्रो आँखा