पाँचथर जिल्ला ओयाम गाउँको ढाँडबारीमा बि.सं २००७ साल ज्येष्ठ ३१ मा पिता खडानन्द र माता तुलसा पोखरेलका कोखबाट जन्म भयो। न्वारनको नाम कन्या राशि बाटै जुरेछ सानो छँदा पुण्यप्रसाद भनेर बोलाए पनि चिनामा भने प्रेमनारायण रहेको छ। शिशु अवस्थामा केही कुराहरू आफूले भने जस्तो भएन भने म रातभरि रुन्थे अरे मलाई आमाले भन्दा हजुर आमाले धेरै फुल्याउनु हुन्थ्यो। अलि ठूलो भएर थाहा पाएपछिको कुरा हो हाम्रो ढाँडबारीको घर नजिकको पहरामा ठुली बहिनी र अरु गाउँका साथीहरूसँग सुरेली खेलेको धुलिमाटि अनि भाडा कुटी भेला पारेर भात पकाई खेलेको, झुम्राको पुतली बनाई खेलेको वर्णन म कसरी गरूँ।
घरमाथि पहिराको पँधेरो हुदै आएको ठूलो गल्ली र डिलमा लगाएको ढुङ्गे गारो त्यसबाहिर लहरै सिमालीका बोटहरू हेर्दै रमाइलो गल्लीको बाटो ओरालिँदै आएर घर पछाडिबाट अलिपर सायद त्यो अोयामकै विशाल ठूलो झ्याम्म परेको बरको रुख जसले झण्डै मधेशका नापले भन्ने हो भने झण्डै एक बिगाहा जमिन ढाकेको हुदो हो। त्यो हाम्रा हजुरबा जयनारायणले लगाएको अरे तर मैले हजुरबा देखिन त्यो पनि हजुर आमा मनमायाका मुखबाटै मैले सुनेको थिएँ। यहाँबाट अगाडि बढ्दै जाँदा त्यो गल्ली ओयामको ठूलो कुलामा परिणत भएर नेवार लिम्बु गाँउ कटेर बडहरे तिर र ओयामको चर्चित तात्कालीन गुप्तेश्वर प्रावि प्राङ्गणसम्म पुगिन्थ्यो। हो यही बरका रुखको तेर्छो हाँगाले ओरिपरि भुइँ छोएको हुन्थ्यो।
ओयाम कै यो चर्चित खरबारी भीरमा ठोक्किन ठोक्किन पुगेका ति बरका टुप्पामा झुन्डिएर पिङ खेल्दा नअघाए अझै रूखमाथि घोडा नै चढेर सैसैला खेलेको र कहिले बरको रुखबाट झरेका पाकेर काला भएका गुलिया बरका दाना टिपेर खाँदै गर्दा कागले झारेका र आफै झरेका ती बरका दाना टिपेर आफूले लाएको खाँडीको त्यो मैलो धुलो सारीको दौराको फेरमा पुछेर बहिनीहरूसँग बसेर खाँदाको आनन्द म कसरी वर्णन गर्न सकुला र ! रुखमा बसेका कागहरु पनि हाम्रा साथी थिए त्यहाँ काग काग गर्दै हुन्थे उनीहरू रुखमा बसेर छानि छानि बर खान्थे हामी चाहिँ भुईबाट कागहरु तिर फिरेर भन्थ्यौ लौ हामीलाई पनि मिठा मिठा पाकेका बरका दाना झारि देअोन हाओ काग हो ? भनेर मेरी ठूली वहिनी र म एक स्वर मा ति कागसँग बरका फेदबाट भन्थ्यौ ?
ति हाम्रा प्रिय साथी थिए, कागले ठुगेको वर झर्दै गर्थे र हामी खाँदै गर्थ्यौं । तेस्तो आनन्द त जीवनमा कहिले आउला र ? म आज त्यो कुरा यो लेख तैयार पार्दै गर्दा झल्यास्स निद्राबाट ब्युझे झै भएर ति दिन सम्झन्छु न आफू जन्मेको घर छ न जन्मदिने बा आमा न बरको रुख छ नत मसँगै बर खाने धुलो खेल्ने नजिकको साथी मेरी बहिनी नै छ केवल म छु यि सबै संझनामात्र बाँकिरहे पछिभने म किन यो वर्णन गरुं र कसलाई सुनाउ भनेझै पनि लाग्छ। तेसै गरेर घरमुनीको कुलाका छेउ नेरको गोगनका रुखहरुमा चढेर गोगनका ति पाकेका मह सरिका झुप्पाहरु टिपेर खान तैयारि भएका दुई अोठले च्यापेर सुरुप्प सुरुप्प पार्दाको मिठास म कसरी बिर्सन्थे र !
यी कुरा हरु साच्चै नै कहिल्यै बिर्सि नसक्नानै थिए। त्यसैगरि घर मतान ग्वाली पछाडी दारिमका बोटमा ठूला-ठूला रातैभएर पाकेका बेलाति दारिम टपक्क आफ्नै हातले टिपेर दाजुबैनी मिलेर खाएको मिठास ति हाम्रा कलिला जिब्रालाई नै थाहा होला। बालख छदा हिउँद महिनामा बारीका पाटामा रोपेका खन्नेबेला हुनै लागेका राता सेता सुठुनी दाजु बहिनीका हातले खोश्रेर माटैसरि हामीले नचाखि अरुले कहाँ पाउनु ? बुबाले बनाएको त्यो हाम्रो ढाडबारीको रंङ्गिबिरङ्गि तिनतले घरमा बुबाले गर्ने हजुरबाकाे तिथी सराद आएका बेला बा आमाले बोलाएका पाहुना सिनाम देखि जेठी फुपु फुपाजु हरु, दिदी भिनाजुहरु, माथि घरकी साईली बड्यामा कान्छि फुपु अनि साम्माङ्खु देखि माईली ठुल्यामा दिदी र भान्जाहरू पल्ला पटिकि कालि दिदी भिनाजु भानिजहरु बुबाका भान्जा भान्जी अनि बडबा बड्यामा चिने नचिने का को को हो को को हाम्रोढाडबारी को तीनतले घर आगनभरि आएका हुन्थे। अनि घर र मतानको माझको त्यो फराकिलो आगन घरमुनीमाथी दारिम सुन्तला बोटहरू र बारि पारी टाडैबाट देखिने ओयामको फराकिलो सिंङ्हमाबेसीका सिरानको खरबारी भीर ले कति शोभायमान बनाएको छ भन्नेकुरा त्यही पुग्दामात्र थाहा होला ।
घर आगन भरि र सिकुवा भरि हाँमी स साना केटा केटीहरु को हुल भेला भएर खेल्थौं घरबाट पश्चिमतिर त्यो फराकिलो सिंहमाबेसि र पश्चिउत्तर तिर गाउकै चर्चित गुप्तेश्वर प्राथमिक बिद्यालय सँगै जोडिएको ओयाम गाउ पन्चायत का ति शोभायमान भवनहरु हेर्दा मन मोहक र त्यसै स्वर्गर्झै लाग्थ्यो। एता हाम्रा घरमा भैरहेको सराद बुबाले सकेपछि हामि केटा केटीहरु जतिहुथ्यौं सबैलाई बाहिर बोलाएर आगनमा लामोहार मिलाएर गुन्द्रि पीरामा बसाईन्थ्यो। अनि हरिया सालकापात गाँसेर बनाएका बडा बडा टपरिमा खीर पापा अनि दाल भात दुध स साना दुनामा ना ना प्रकारका मीठा मीठा, गुलीया टर्रा ,अमीला, नुनीला –पीरा, सिकर्नि फुरौला सेलरोटी अनि धुलेअचार दिदीहरू र भाउजुहरुले बाडनु हुन्थ्यो। हाँमी जिब्रो फट्कारि फट्कारि भुडी फुटुन्जेल खान्थ्यौ। ति परिकारहरु खाँदा जति मज्जा हुन्थ्यो त्यो त कल्पना बाहिरकै कुरा भयो र कहिल्यै कुनै अरु जुनीमा पनि त्यस्तो आनन्द आउँछ भन्ने लग्दैन ।
लगभग म छ बर्षको थिए होला पिताले ढाडबारीको घरदेखि अलि तल घरबारी खेतको ठूलो खलेगरामा भकारी ले छाएको चित्राले बारेको हिउँद हिउँदमा बुबाले चलाउने गरेको धुले पठशाला जहाँ भुईमा पराल ओच्छ्याएर भएसम्म परालबाटै आमा भाउजुहरुले आफ्नै हातले बुनेका गुन्द्रि गजेरा पिरा हरु भेला पारेर पराल माथि ओच्छ्याएर त्याहा काठको फलौटो हुन्थ्यो फलौटो भनेको फराकिलो काठलाई रण्डाले चिल्याएको फलेक मा चालेर मसिनो पारेको धुलो माटो त्यो फलेकमा हातले चारैतिर बराबर पारेर फिजाए पछि बाँसको खिपेर पेन्सिल जस्तै बनाएको डिकले कोरेर त्योफलौटो मा अ आ इ ई ,क ख ग घ , १ २ ३ ४ गुरु बाले जे जे सिकाउनु छ त्यै त्यै लेखेर रटाउनु हुन्छ। त्यसैलाई धुले पाठशाला वा हिउदे पाठशाला भनिन्थ्यो। यसरि धुलोमाटो चालेर चारैतिर हातले मिलाएर बासको डिकले क ख ग लेख्दै मेट्दै गर्ने हामी बाहुन छेत्री लिम्मु, गुरुङ्ग, काँमी –दमै सबै जात जातिका ठुला साना मानिस सँगसँगै बसेर अलि अलि सिकेको संझना छ।
म त्यै हिउदे वा धुले पाठशाला चलाउने ओयाम गाँउभरिकै शिक्षा सेवी पण्डित खडानन्द पोखरेलको कान्छो छोरो भएकोले पनि होला बढि लाड प्यार पाएर होकि किनहो अलिक छुचो प्रबृति को अलिक रिसाहा स्वभावको थिए क्यार बाबा आमा लाई पनि हेप्ने गर्थेअरे त्यहाँ पढन बसेका बिद्यार्थी हरुलाई दप्काउन बुबाले हातमा बोकेको त्योबाँस को सिर्कनो खोसेर जस लाई पायो उसलाई ए पढ पढ भन्दै गोरु कुटाई गरेर सोड्क्याउन थाले पछि तिनिहरु नकुट्नु न साना गुरु भन्दथे त्यो बेला मेरो झनै भाउ बड्थ्यो होला। त्यहा पाठशालामा पढन आएका हरुलाई कुटेर काबु पारेपछि रुन्चे हाँसो चल्थ्यो। र त्यो मलाई रमाईलो लाग्थ्यो तर बुबाका बिद्यार्थीहरु मेरो पिटाईकै कारण कोहि बिरामिपर्ने कोहि बिच्किएर नआउने सम्मभएपछि मलाई बुबाले पढाउन नसके को तितो सत्य भन्नु पर्दा कता कता आफैलाई पीरो लाग्छ। मेरोअलि पितुर्के स्वभाव नै रहेछ भनौ हठ्ठि स्वभाव आफूले जित्नै पर्ने। अलिक गालिगर्दा रुन थाले पछि कसैले फकाउन नसक्ने फकाउन निक्कैबेर लाग्ने।
मेरा ठुन्दाजु माल्दाजु र ठूली भाउजुहरु पनि भन्नु हुन्थ्यो कि यो हाम्रो कान्छोभाई सानो छदा सांझ पर्दा रुन सुरु गरेको उज्यालो हुने बेलासम्म रोई रहन्थ्यो। तर म किन त्यसरि रुन्थे भन्ने कुराको जड नबुझि दिएपछि मेरो के नै लाग्थ्यो र ? त्यो जड के थियो त ? भन्ने कुरा को रहस्य आज यहा उल्लेख गर्न करै लाग्यो। यसलाई हजुरहरुले चाहि अबश्य बुझि दिनु हुनेनै छ। पहिलो कुरा त मेरी हजूर आमालाई सबै कुरा थाहा थियो। मलाई हजुर आमाले तेति माया कसरी दिन सक्नु भो त ? यो प्रथम रहस्य हो, अनि तेति माया जन्म दिने आमाले चाहि किन दिनसक्नु भएन त ? न त कर्म दिनेबुबाले नै दिनुभो ? हजुरआमासँग सुत्न नपाएको पिरले गर्दा म त तेसरि रुन्थे त्यो संसारमा मेरो लागि हजुर आमा भन्दा पियारो अरु कोकी थिएन तर त्यो मेरो रुवाईलाई कसैले बुझि दिदैनथे सबै लाई आमा प्यारो तर त्योबेला मलाई भने हजुर आमानै प्यारो लाग्थो। किन भने मलाई जन्म दिएर आमाले हजुर आमा लाई पालन पोसण गर्न जिम्मा लगाउनु भएको रहेछ।
पछिठुलो भएपछि आमालेनै भनेको सुनेको हुँ कि मलाई गर्भको सातै महिनामा घाँसको भारी लिएर गाईको ग्वालिनेर आई पुग्नासाथ आमालाई सुत्केरि बेथाले च्यापेछ त्यै बेला मलाई जन्माएको अरे। आमाले पन्द्रदिन सम्म मात्र आफ्नो काखमा लिएर दुध चुसाउनु भएछ। त्सस पछि त हजूर आमाको काखमा दिएर सोर हात लामो खाँडीको पटुका कम्मरमा कसेर ठुलो चपरा कोदालो काँधमा बोकेर कम्मरमा कचिया भिरेर घर वारी मा मकैगोडन घाँस काट्न जानु हुदोरहेछ त्यो शिशु अवस्था मलाई चोचोलीमा सुताएर चामलभुटेर सिलौटीमा लोहोरिले पिसेर माटाको कसौडिमा पानी वरा वरि पारेर लिटो फत्कदै गर्दा फेरीघिउ थपेर भुङ्रामा भर्स्याएर हजूर आमाले मलाइ लिटो चटाउदै गाईको दुध पियाएर आफ्नोआफ्नो लाम्टो चुसाउदै सुताएको रहेछ अनि आमारातपरेपछि मात्र आएर फुल्याउदा म कसरी फुलिन्थे त ? हो त्यै कुरा ले गर्दा मलाई हजुर आमा पियारो लागेको रहेछ। आमाको छैटौ गर्भ बाट मेरो जन्म भएछ आमा सुत्केरि हुदा गाईको नौनी घिउ खारेर तातो तातै मनिपुरे ठुलोझर्के वटुका भरिदिदा तन्तनि पिएर सिध्याउनु हुन्थ्यो अरे त्यसरि दिनको दुईपल्ट एक एक माना तातोघिउको झोल दिनहु पिएर शरिर दर्होपारेर मेरो न्वारन गरेकोअरे।
प्रायगरेर हजूर आमा को जिम्मा लाएर घरका अरु का कामतिर लाग्ने र सासु लाई कान्छो नाती जिम्मा दिनु हुदो रहेछ। दुध न आए पनि हजूर आमाको लाम्टोचुसेको कुरा पछि ठुलो हुदा सम्म पनि म आफै लाई त्यो कुरा थाहा छ र अहिले सम्म पनि मलाई त्यो कुरा यादआई रहन्छ। पटक पटक चामल भुटेर सिलौटामा पिसेर माटाको लोहोटा जस्तै कसौडिमा घिउ र पानि बराबरि पारेर अत्यानाको मुङ्ग्रोमा राखेर फत्काएको लिटो अलि अलि नुन छरेर तातो तातै हजुरआमाका हातले खुवाएको कुरा पनि हजूरआमाले नै ठूलो हुँदा मलाई पटक-पटक भन्नु हुन्थ्यो। त्यो कति कुरा मैले हजुरआमाका मुखबाट सुने अलि ठूलाे भए पछि त कति कुरा त आफैलाई पनि थाहा भयो एकदिन आमालाईमात्र मैले सुटुक्क भने आमा ! मलाई किन तेस्तरि हजुरआमालाई जिम्मा लाएर मलाई बुबु चुस्न नदिएको भने ? आमाले भन्नुभो बाबु तेसरि तलाई नछड्दा सबै खेतीवस्तु कसले सह्यार्थ्यो र बाबु मलाई माफ दे अब म माया गर्छु । कहिल्यै न रिसा है भन्नुभो अनि त्यसपछि आमाले मलाई धेरै नै माया गर्नुभो त्यहाँदेखि आमा छोराको सम्झौता भयो। बहिनी जन्मिदा ति क्रियाकलाप प्रत्यक्ष मैले नै देखे हाम्रा घरमा एस्तै चाल चलनहरू रहेछन् । त्यो हुनुको कारण के रहेछ भने खेति ठूलो र वस्तु पनि धेरै भएकोले सो सम्हाल्न कठिन रहेछ त्यो समय पौरख गरि खानेको युग रहेछ आजको जस्तो अल्छे युग होइन !
बुबाको पाठशालामा पढाउन नसेकेरै होला पछि मलाई ढाँडबारीको पाठशालाबाट निकालेर अलि तल ढुङ्गेल पण्डितका घर नजिक लप्सीका फेदको खलेगरामा चलाएको त्यस्तै अर्को हिउँदे पाठशालामा लगेर सेतै दाह्रीपालेका साधु काफ्ले गुरुसँग पढन पुर्याएको थियो। साधु गुरुले भने मलाई ज्यादै माया गरेर फकाएर राम्ररी पढाउने हुँदा तिनै साधु गुरुसँग मेरो प्रेम भो मैले फलौटामा क ख /अ आ सिके सिकाउने तरिका पनि बेजोडकै थियो। त्यहाँ एउटा बढेमानको लप्सिको रुख थियो। रुखबाट आफै खत्रक्क आफ्नै अगाडि पाकेका लप्सि एक एकगर्दै झर्थे साथी रोमनाथ बासुदेव चेतनाथ र अरु साथीहरू पनि लप्सिमा झुत्ति न्थ्यौ र त्याहाँ खोसा खोस गर्दै खान्थ्यौं। त्यहाँ मैले क ख अ आ अलि अलि पढन सक्ने भएको थिए। पछि त्यो भन्दा पछि वर्षायाममा त्याभन्दा अलि मास्तिर बरालका मतानमाथी पनि केही समय पढियो। त्यसपछि ओयाम स्कुल वारेबुङ् अनि हाम्रा मतानमाथि र महाजनीका डिहीहरुमा पढ्दाका कुराहरू अर्को बसाईमा गर्दै गरौंला हवस्त।
प्रेमप्रकाश 'फलाहारी'
