तेस्रो ऑखा समाचार डेक्स अस्टिन / टेक्सास अप्रैल 15,
ग्रेटर अस्टिन नेपाली समाजलाई विवाद रहित बनाउन सम्बन्धित पक्षहरुबाट गरिएका प्रयास सहमतिमा नपुग्दा संस्थाका रहेक गतिविधि प्रभावित भएका छन। टेक्सासको राजधानी अस्टिन शहर र यसको वरपर बस्ने नेपालीहरुको यो साझा संस्थामा स्थापनाकाल देखि बल्झिदै आएको आर्थिक पारदर्शिता, सबैपक्षलाई समेट्ने विधान, र आम सहमतिको नेतृत्व चयन गर्ने परिपाटीको विकास गर्न गरिएका प्रयासहरु सफल हुन नसकेको शनिवार संस्थाको सभाकक्षमा आयोजित पत्रकार संम्मेलनमा जानकारी दिईयो । ग्रेटर अस्टिन नेपाली समाजका सदस्यहरुको पहलमा यहाँ पशुपतिनाथाको मन्दिर निर्माण गरिएको छ । मन्दिर निर्माणका क्रममा ट्रष्टी सदस्यहरुबाट संकलन भएको रकम र त्यसको खर्च विवरण अहिले सम्म आम सदस्यबिच नराखिदा आर्थिक पक्ष पारदर्शी हुन सकेको छैन । त्यसै गरि संस्थाको लागि वनाईएको प्रस्तावित विधान आम सहमतिमा निर्माण गर्न संस्थापन इतर पक्षले पहल गरिरहे पनि संस्थापनका केहि व्यक्तिहरुले सर्वपक्षिय सुझावलाई छलफलमा समेत समावेस नगराउदा आम सहमतिको प्रयास असफल भएको पत्रकार संम्मेलनमा जानकारी दिईयो ।
संस्थाले मन्दिर निर्माण गरेपछि संस्था अन्तरगतकै मन्दिर संचालक समिती अहिले संस्थामाथि हावी भएको ट्रष्टी सदस्यहरुको आरोप छ ।पत्रकार सम्मेलनमा संस्थाका पुर्व पदाधिकारीहरुले संचालक समिती कव्जा गरि मनोमानी गरेकोले पशुपतिनाथ मन्दिर विकासका आगामी कार्यक्रमहरु यतिवेला ठप्प भएको ट्रष्टी सदस्यहरुले जानकारी दिए । संस्थाको बिधान अनुसार मन्दिर संचालक समितीको छनौट मन्दिरका ट्रष्टी सदस्यहरुको छलफलबाट हुनु पर्नेमा त्यसो हुन नदिई केहि संस्थाका पूर्व पदाधिकारीहरुले मनोमानी ढंगले संचालक समिति गठन गरेकोले सहमतिमा नेतृत्व छनौट हुनुपर्ने माग राख्दै सुरु भएको विबाद अझै बढेर गएको ट्रष्टी सदस्यहरुले बताएका छन । संस्थाको छैटौ अधिवेशन नजिकिदै गर्दा विधानलाई विबाद रहित बनाउन संस्थापन इतर पक्षले हर संभव पहल गरिरहेको छ । बदलामा संस्थापन पक्षले ट्रष्टीहरुलाई ब्यक्तिगतरुपमा गाली गलौजमा उत्रदै आफुहरुको विरोध गरिए मन्दिर प्रवेसमा रोक लगाईने धम्कि समेत दिईएको सदस्यहरु बतॉउछन। पत्रकार सम्मेलनमा बोल्दै ट्रष्टी सदस्यहरुले छैटौ अधिवेशनमा संस्थाका तर्फबाट ल्याउन लागिएको संस्थाको नयॅा विधानमा राखिएका प्रवाधानहरु अप्रजातान्त्रिक र अव्यबहारिक रहेकाले त्यस्ता प्रावधानहरु सामुहिक छलफलबाट सुधार गर्नु पर्ने माग राखेका थिए ।त्यसका लागि आम सदस्यहरुबाट सुझाव संकलन गरि असन्तुष्ट पक्षले पनि संस्थाको अधिवेसनमा लैजान एउटा विधान समेत तयार पारेको छ “यो समाज मिलाउने प्रयास हो हामी सबै मिलेर जॅानु पर्छ र खुला र व्यवहारिक विधान वनाउनु पर्छ” भन्दै ट्रष्टी सदस्यहरु सिपी पौडेल , पदम ठकुराठी, राजेश्वर निरौला, उद्दव खनाल,नारायण न्यौपाने र संस्थाका बर्तमान सचिव प्रदिप चौलागॅाईले मन्तव्य सहित सुझाब राख्नु भएको थियो ।
हाल संस्था कुनै विधि र प्रकृया अनुसार संचालन नभएको, कार्य समिति बैठकमा कुनै लिखित निर्णय माईनट नगरिने र आर्थिक कारोबार कसरी संचालन भई रहेको भन्ने कार्य समितीकै सदस्यहरुमा जानकारी नहुने गरेको सचिव चौलागॅाईले वताउनु भयो । यस विषयमा प्रतिक्रिया माग्दा संस्थाका माहासचिव विनोद दाहालले कार्य समितीले नितिगत कुनै निर्णय नगर्ने, निर्माण, संरक्षण र मन्दिर संचालन संम्वन्धी कुनै निर्णय नगर्ने गरेको हुदा सस्थामा ति कुराहरुको कुनै लिखित अभिलेख वा लिखत नराखिएको जानकारी दिनु भयो । तर कार्य समिती अन्तरगतकै निर्यणहरुको लिखत रहने गरेको ऊहॅाले जानकारी दिनु भयो । सचारकर्मी संग छोटो प्रतिक्रिया दिदै माहासचिव दाहालले ग्रेटर अस्टिन नेपाली समाज टेक्सासमा विधिवत दर्ता भएको संस्था भएपनि यसको परियोजनाको रुपमा रहेको तर विधिवत दर्ता नभएको मन्दिर संचालक समितिले नै मन्दिर लगायत संस्थाको सम्पुर्ण सम्पत्तिको एकाधिकार भोग चलन र प्रयोग गर्ने गरेकोले यसमा समस्या रहेको संकेत गर्नु भयो । त्यसैले मन्दिर परिसरमा निर्माण हुने हरेक संरचना र यसको खर्चका वारेमा मुल कार्य समितीमा छलफल र जानकारी नहुने गरेको वहॅाले जानकारी दिनुभयो ।
संस्थाको अहिले चर्चाको विषय बनेको विधान निर्माण गर्न गत अगष्ट ११ गते बसेको बृहत् ट्रस्टी भेलाले माहासचिव विनोद दाहालको संयोजकत्वमा १५ सदस्यिस समिती गठन गरेको थियो । यो निर्णयलाई अस्विकार गर्दै ग्रेटर अस्टिन नेपाली समाजको परियोजनाको रुपमा रहेको संचालक समितिको प्रस्तावमा संस्थाकै पूर्व अध्यक्ष देवराज न्यौपानेलाई विधान समितीको संयोजक बनाईएको थियो । आम ट्रष्टी भेलाबाट सर्व सम्मत भएको निर्णयलाई संचालक समितीले ( कानुनी पहिचान नभएको अबैधानिक समिती ) ले हस्तक्षेप गरेर विधान निर्माण समिती बनाएपछि ट्रष्टी सदस्यहरुमा संस्थाको काम कारवाहि प्रति व्यापक असहमति बढेर गएको थियो । यसै विषयलाई समाधान गर्न धेरै पटक छलफल र सहमतिको प्रयास भएपनि संस्थापन पक्षबाट वेबास्ता गरिएको ट्रस्टी सदस्यहरुको गुनासो रहेको छ । संस्थामा हुने हरेक निर्णय सहभागिता मुलक होस भन्ने पक्ष र आफ्नो निर्णय जवर्जस्ती लादने संस्थापन पक्ष विच बढदै गएको विभाजनको असर आम सदस्यहरुमा परेकोले अहिले ग्रेटर अस्टिन नेपााली समाजको भावी निर्माणका बृहत योजनाहरु स्थगित भएको सदस्यहरुको भनाई रहेको छ । छैटौ अधिवेसनमा संस्थाको लागि नयाँ विधान ल्याईदै छ । प्रस्तावित दुई विधानहरु छन । संचालक समिति भनिने संस्थाको स्थायी परियोजना (मन्दिर व्यवस्था समिती) ले मुल कार्य समितिको अधिकार हस्तक्षेप गरेर बनाईएको विधान समितिले अहिले नयाँ विधान तैयार गरिरहेको छ । त्यस्तै ट्रष्टी सदस्यहरुको प्रयासमा अर्को विधान तयार गरिएको छ । अधिवेशनमा यि दुबै विधानमा छलफल हुनेमा संका छ ।
संस्थाको तर्फबाट भनि संचालक समितिले वनाएको प्रस्तावित विधानले नयॉ सदस्यहरुलाई नेतृत्वमा पुग्न पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ । यहॉ हरेक सदस्यले बुझ्न पर्ने कुरा के छ भने संस्थागत हिसाबले ग्रेटर अस्टिन नेपाली सोसाइटी आधिकारिक संस्था भएपनि यो संस्था भित्रको एउटा स्थाई परियोजना ( मन्दिर, निर्माण र व्यवस्थापन जस्ता कार्यक्रमहरु ) संचालन गर्ने भनि संचालक समिति वनाईएको छ । यसका पदाधिकारीहरु मुल संस्थाका पदाधिकारीहरु भन्दा धेरै कुरामा अधिकार राख्छन । ग्रेटर अस्टिन नेपाली समाजको संम्पूर्ण सम्पत्ति र आम्दानी लगाएत पशुपतिनाथ मन्दिरको विषयमा लिईने हरेक निर्णय, निर्माण र समग्र संस्थाको आर्थिक पक्ष र व्यवस्थापन पक्षको नियन्त्रण यहि संचालन समितिले गर्दछ। जुन समिति मुल समितिको सहायक इकाई मात्र हो ।
ग्रेटर अस्टिन नेपाली समाजलाई ग्रेटर अस्टिन र वरपरका सिटीहरुमा बस्ने सबै नेपालीहरुको अपनत्त्व भएको साझा संस्था बनाउनु पर्ने माग उठी रहेको बेला ज्ञान्सको अबैधानिक कार्य समिती भने जङ बहादुर राणाको मुलुकी ऐन जस्तो बिधान ल्याउने तयारीमा छ । तर ग्रेटर अस्टिन नेपाली समाजलाई ग्रेटर अस्टिन क्षेत्रभित्र बसोबास गर्ने नेपालीहरुले सजिलै सदस्यता पाउने खालको प्रजातान्त्रीक बिधान बनाउनु आवश्यक छ। सामाजिक संस्थाको उदेश्य भनेको समाजका सबै ब्यक्ती अटाउने एउटा सामाजिक घर निर्माण गर्नु हो। संस्थाको मुख्य उदेश्य भनेको सहयोग चाहिएको समाजका सबैबर्ग र समुदायलाई सहयोग गर्नु हो तर ज्ञान्समा त्यस्ता ब्यक्तीलाई निशेध गरिने डर छ, किननि देवराज न्यौपानेले वनाएको विधानमा सदस्यताको लागी विभिन्न योग्यता तोकेको छ जसले नयॉ सदस्यहरु संचालक समितिमा आउन अबरोध गर्दछ । यसकारण यो बिधान अव्यवहारिक छ।संस्थाका पूर्व अध्यक्ष समेत रहि सकेका देबराज न्यौपाने र उनका समर्थकहरुको मुख्य उदेश्य भनेको नयॉ मानिसलाई नेतृत्वमा आउन नदिनेनै हो भन्ने आम सदस्यहरुको बुझाई छ ।
सस्थाको उदेश्य भनेको समाजका सबै ब्यक्ति अटाउन सक्ने साझा सामाजिक घर निर्माण गर्नु हो। जसरि कुनै पनि देशको सार्बभौम सत्ता जनतामा निहित हुन्छ त्यसै गरि गैरसरकारी संस्थाको सार्बभौमशक्ती संस्थाका सदस्यहरुमा निहित हुन्छ तर ग्रेटर अस्टिन नेपाली सोसाईटीको बिधानमा भने साधारण सभाको निर्णयलाई कार्य समितीले मान्न नपर्ने ब्यबस्था गरिदैछ । यहि संचालक समितिका केहि सदस्यहरुले बनाएको आउदो विधानले संस्थाका सदस्यहरुको कैयन अधिकार खोस्ने प्रस्ताव गरेको छ ।त्यस्तैगरि आम सदस्यहरुलाई "भुल भुलैया" मा पारी मन्दिर संचालक समितीलाई ज्ञान्स माथी सासन गर्ने अधिकार पनि प्रस्ताव गरिएको छ । जसका कारण ट्रालीले ईन्जनलाई तान्ने दुस्सहास निरन्तर चली रहने छ । प्रस्तावित बिधान अधिवेशनबाट कम्तिमा बहुमत सदस्यहरु विच छलफल भई पास हुनु पर्ने छ तर देवराज न्यौपाने लगाएत उनका सहयोगीहरुले साधारण सभामा पेस गरेर होहल्ला बिच जबर्जस्ती पास गराउने योजनामा छन। नभए घर गएर सधारण सभाले पास गरेको भनेर फ़ेसबुक स्टाटस हाल्ने सम्भावना पनि धेरै छ ।
किननि देवराजको नेतृत्वमा बनाईएको बिधानले सदस्यताको लागी निम्नतम योग्यता "टेक्सास आई डि" लाई मानेको छ जुन सत प्रतिसत अव्यवहारिक छ। देवराज न्यौपानेको मुख्य उदेश्य भनेको समाजका तल्लो बर्ग, जसलाई सहयोग चाहिएको छ त्यही बर्गलाई ग्रेटर अस्टिन नेपाली सोसाईटीमा सदस्य सम्म बन्न नदिनु हो। जसको लागि बिधानमै छलकपट शुरु भैसकेको छ । यसको मतलव निर्बाचन बिना झ्यालबाट संस्थामा छिरी मुख्य समिती माथी अबैधानिक हैकम चलाउने कुत्सित चाल हो । जसरी राणाहरुले रोलक्रम अनुसार "ए क्लास राणा", "बि क्लास राणा " र "सि क्लास राणा" मा बिभाजित गरेर सत्तामा आफु भन्दा अरु कसैलाई पुग्न नदिने खेल गरे जस्तै हाम्रो "ज्ञान्समा" पनि नेतृत्वमा आफु र आफ्ना आफ्ना आसेपासे भन्दा अरु कसैले पनि निर्बाचनमा भागै लिन नसक्ने कानुन बनाउदै छन। जस्तो कि सस्थाका सर्बभौम सदस्यहरु ज्ञान्सको पदाधिकारी देखी अध्यक्ष बन्ने त कुरै छोडौ उमेदवार सम्म बन्न पाउने छैनन।
गैर नाफामुलक सामाजिक सस्थामा यति असहिष्णु बिधान अमेरिकामा रहेका कुनै नेपाली संस्थाहरुको छैन होला । अमेरिकाको रास्ट्रपती हुन योग्य ब्यक्तीको पनि देवराज न्यौपानेले बनाएको बिधानमा ज्ञान्समा पदाधिकारी हुन योग्यता पुग्ने छैन। अमेरिकाकै टप युनिभर्सिटीमा समाजशास्त्र पढाउने गुरुहरु पनि देवराज न्यौपानेले बनाएको बिधान अनुसार नेतृत्वमा आउन अयोग्य हुने छन। किनकी यहाँ देवराजको नजरमा योग्यता र विज्ञता र पिएचडि डिग्री केहि होईन। ज्ञान्समा पदाधिकारीको उमेदवारमा योग्य हुन पनि उहाहरुको समितीमा उनीहरुको अन्डरमा बसेर दुइ बर्षको तालिम प्राप्त गर्नु पर्ने छ । जो भए पनि ३४ सय डलर चन्दा दिने हैसित हुनुपर्छ, न कि कुनै ज्ञान, योग्यता वा डिग्री। यती सम्म कि देवराजको नेतृत्वमा बनेको बिधानले चाहेमा भक्तजनहरुलाई पनि श्री पशुपतीनाथको मन्दिरमा छिर्न नदिने सम्मको बिधान बन्दै छ। यस्ता थुप्रै गल्तीहरु छन ,जसले जंग बहादुरको मुलुकी ऐनलाई पनि माथ गर्ने छन। राम्रो बिधान बनाउन गठित समितीका अरु सदस्यहरुको सुझाब सुन्न उनी तयार छैनन । किन कि उनी आफुलाई सर्बज्ञानी र महान कानुनका ज्ञाता सम्झिने र आफुलाई ज्ञान्सको श्री ३ संझन्छन । प्रस्तावित यो बिधान अधिवेशनबाट पास हुनु पर्ने छ तर देवराज न्यौपाने साधारण सभामा पेस गरेर होहल्ला बिच जबर्जस्ती पास गराउने योजनामा छन। नभए घर गएर साधारण सभाले पास गरेको भनेर फेसबुकमा स्टाटस हाल्ने सम्भावना पनि धेरै छ ।