• ट्रेण्डिङ्ग :
ज्ञान्सको दशौ बार्षिक साधारण सभाले पुरानो समिती बिघठन गरी तदर्थ समिति बनायो, ६ महिना भित्र निर्वाचन गराई सक्नु पर्ने म्यान्डेट

ज्ञान्सको दशौ बार्षिक साधारण सभाले पुरानो समिती बिघठन गरी तदर्थ समिति बनायो, ६ महिना भित्र निर्वाचन गराई सक्नु पर्ने म्यान्डेट


  • 19.9K
    SHARES
    • बैशाख २२, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 30.6K Views

    ज्ञान्सको दशौ बार्षिक साधारण सभाले पुरानो समिती बिघठन गरी  तदर्थ समिति बनायो,  ६ महिना भित्र  निर्वाचन गराई  सक्नु पर्ने म्यान्डेट

    सामना देवकोटा अस्टिन टेक्सास,

    images

    ग्रेटर अस्टिन नेपाली सोसाइटीको मे ४ आईतबार सम्पन्न १० औ बार्षिक साधारण सभाले १७ सदस्यीय तदर्थ समिति गठन गरेको छ । संस्थाको सभाहलमा संम्पन्न साधारण सभाले विदुर खतिबडाको अध्यक्षतामा रहेको समिति भंग गरेको हो । आम सहमतिमा विधान ल्याउन नसकेको, आर्थिक हिसाब आन्तरिक समितिमा ल्याएर प्रस्ट पार्न नसकेको भन्दै साधारण सभाले सो समिति भंग गरि नयॉ तदर्थ समिति गठन गरेको हो । गत वर्षको पॉचौ अधिवेशनमा विधान विपरीत गठित निर्वाचन समितिले बिदुर खतिबडाको अध्यक्षतामा कार्य समिति चयन गरेको थियो ।यो समिति जवर्जस्ती वनाईए पछि उत्पन्न भएको विवाद समाधान गर्ने क्रममा सो समितिलाई १ बर्ष भित्र आम सहमतिको विधान ल्याउनु पर्ने, संस्थाको हिसाब किताब अन्तरिक लेखा समितिमा ल्याई विवाद समाधान गर्नु पर्ने जिम्मेबारी दिईएको थियो । आईतबार संम्पन्न बार्षिक साधारण सभामा कार्य समितिको तर्फबाट प्रस्तुत विधान साधारण सभाले पास गरेन । विधानमा धेरै अनावश्यक कुरा राखिएको, आम नेपाली समुदायलाई समेटन प्रस्तुत विधान असमर्थ रहेको, योग्य व्यक्तिलाई समितिमा प्रवेश गर्ने बाटो बन्द गरिएको, आम ट्रस्टी सदस्यहरुबाट निर्वाचित कार्य समितिकै कोषाध्यक्षलाई आर्थिक कारोबार गर्न अवरोध गरिएको लगाएत कैयौ समस्या रहेकोले सभाहलले विधानलाई समर्थन गरेन । साथै समितिले प्रस्तुत गरेको आर्थिक हिसाब पनि सभाले पास गरेन । संस्थामा धेरै विवाद वढेर जान नदिन र सदस्यहरुलाई संगठित गर्दै ग्रेटर अस्टिन नेपाली सोसाइटीलाई संगठनात्मक रुपमा बलियो बनाउन सभाले बिदुर खतिबडाको नेतृत्वमा रहेको विवादित समिति भंग गरेको सदस्यहरुले बताएका छन ।

    page 1.jpeg

     

    page 2.jpeg

     

    page 3.jpeg

    संस्थाले याहॉ पशुपतिनाथको मन्दिर वनाए पछि ग्रेटर अस्टिन नेपाली सोसाइटीको अधिकांश अधिकार निर्माण समितिको रुपमा रहेको परियोजनाले हडपेको छ । यहॉ सम्म कि दर्ता भएको संस्थागत समितिको साधारण सभा पनि संस्थाले नै बनाएको उपसमितिको हैसियतमा रहेको संचालक समितिको अध्यक्षको अध्यक्षतामा संचालन गरिएको थियो । संचालक समितिको अनावश्यक हस्तक्षेपलाई साधारण सभाले पूर्णतः असफल पारिदिएको छ । सभामा मन्तव्य राख्दै संस्थापक अध्यक्ष नविन दाहालले पारित गर्न प्रस्तुत गरिएको संस्थाको विधान निकम्मा रहेको टिप्पणी गर्नु भयो । त्यस्तै संस्थापक माहासचिव मदन शिवाकोटीले संस्थाको प्रस्तुत विधान अस्पष्ट र अनावश्यक कुराहरुको पुलिन्दा रहेकोले साधारण सभाले पास गर्न नसक्ने बताउनु भयो ।

    darshak.jpeg

     

    gathan pachhi.jpeg

    कार्यक्रममा मन्तव्य राख्दै सिपी पौडेलले संस्थाको आकार ठुलो हुदै गएकोले सहजरुपमा सबैलाई समेटने विधानको आबश्यकता रहेको बताउनु भयो । त्यसैगरि ट्रस्टी सदस्यहरुको तर्फबाट बोल्दै उद्दब खनालले संस्थाले बनाएको विधान असफल भएकोले नेतृत्व असफल भएको जिकीर गर्नुभयो । साधारण सभामा राम कुमार सुबेदी,सामना देवकोटाले संस्थागत कमजोरीका बारेमा टिप्पणी गर्नुभएको थियो। नवगठित तदर्थ समिति संस्थापक सल्लाहाकार सदस्य राजेश्वर निरौलाको संयोजकत्वमा गठन गरिएको छ । जसमा सदस्यहरु बोधराज घिमिरे, नारायण न्यौपाने,अमृत मिश्र,ओम भट्टाराई,रुपा प्रधान,संध्या गौतम, गोपाल सुवेदी, विष्णु सुवेदी प्रिस भट्ट, विनोद शाह, मोहन कुसारी, प्रभु पौडेल,शान्ति यादव, नविन केसी, मणि थापा रहनु भएको छ , यहि समितिले संचालक समितिको जिम्मेबारी पनि संहाल्ने छ । विधान संसोधन समितीको संयोजक विनोद श्रेष्ठ र सदस्यहरुमा अजय बस्नेत र सामना देवकोटा हुनुहुन्छ भने निर्वाचन समितिको संयोजक दिपक हुमागॉई र कौसल यादव सदस्य रहनु भएको छ ।

  • सम्बन्धित विषय:

  • # सामना देवकोटा

  • तेस्रो आँखा